जुम्लामा ३१ वर्ष मुनिका तीन सांसद

जुम्ला ,२४ मंसिर ।

देशभरका समानुपातिक मत परिणाम सार्वजनिक भएसँगै जुम्लामा एक जना प्रत्यक्ष सहित ४ जना संघीय सांसद निर्वाचित भएका छन्।  प्रत्यक्ष तर्फ निर्वाचित भएका राप्रपा प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) अहिले ३० वर्षका भए।

यसैगरी जुम्लामा समानुपातिकतर्फ पनि तीन अरू सांसद निर्वाचित भएका छन्। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायत, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजुवाल र नेकपा माओवादी केन्द्रकी छिरिङ लामा निर्वाचित भएका छन्।

विनिता २७ वर्षकी भइन् भने छिरिङ ३१ वर्षकी भइन्। समानुपातिकमा १० हजार ५ सय ४८ मत सहित पहिलो भनेको नेकपा एमालेबाट भने जुम्लामा कोही पनि पर्न सकेनन्।

नेपाली कांग्रेसले १० हजार ४ सय ७६ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ८ हजार ९ सय ६० मत प्राप्त गरेको थियो। त्यसैगरी राप्रपाले ५ हजार ७ सय ९६ मत प्राप्त गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८९९ मत प्राप्त गरेको थियो।

अन्नपुर्ण

जुम्लामा ३१ वर्ष मुनिका तीन सांसद

कालीकोटमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु,

जुम्लामा ३१ वर्ष मुनिका तीन सांसद

देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!