गठबन्धनको चुनावी छिनखेतमा सम्पन्न

प्रचण्ड खत्री
रुकुम पश्चिम,२४ कात्तिक ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा पाँच दलिय गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । मंसिर चार गत्ते हुन गैरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्बाचन स्वरुप गठबन्धनले आफ्नो चुनावी सभा गरिरहेको छ ।
चुनाबी सभालाई गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार नेकपा माओवादी केन्द्रका उपमहासचिव नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा ( प्रभाकर ) ले आफुलाई भारी मत दिएर जिताउन आग्रह गरे । आफू मन्त्री भए देखि रुकुम पश्चिमको बिकास निर्माणमा आफुले उल्लेखनिय भुमिका रहेको बताए ।
आफू विभिन्न मन्त्री हुँदा सडक , बिजुलि ,खानेपानी , सडक कालोपत्रे लगायतमा बजेट लगानी गरेको र त्यसको स्वरुप राम्रो भएको छ । आफुलाई गोलाकार भित्रको हसिया हतौडा भित्र मदतान गरि जिताउन जनतालाई आग्रह गरे । आफू जनताको नोकर भएको र जनताले फेरि नोकर गरायरौ पठाउन उनले जनतालाई आग्रह गरे ।

चुनाबी सभालाई नेपाली काङ्ग्रेसका नेता पुर्ब राज्य मन्त्री गोपालजि जङ शाहले सम्बोधन गरेका थिए । उनले पनि माओवादी केन्द्रका नेता जनार्दन शर्माको पक्षमा भोट मागेका थिए । नेता शाहले जनताको जनार्दन भएकाले फेरि पनि जितायर पठाउन आग्रह गरे ।
निर्बाचन परिचालन समिति बाफिकोटका संयोजक चन्द्रबहादुर शाहिको अध्यक्षतामा भएको चुनाबि सभामा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ( प्रभाकर ) को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाली काङ्ग्रेसका नेता गोपालजी जङ्ग शाहको विशेष आतिथ्यता रहेको थियो ।
चुनाबी सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वसन्त शर्मा , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल शर्मा , नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य धर्म बहादुर केसि , मनबहादुर बादी , कलबहादुर नाथ , ईन्द्रिरा बियम एकीकृत समाजबादिका कर्णाली प्रदेश समिती सदस्य सिताराम देबकोटा लगायतको चुनाबी सभामा सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्रका बाफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसिले गरेका थिए ।





