जुम्लाको कनकासुन्दरी र सिंजामा नमुना मतदान

जुम्ला,२४ कात्तिक ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जुम्लाको कनकासुन्दरी र सिंजा गाउँपालिकामा नमुना मतदान गरिएको छ। नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ।

जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारीअभिनन्द चौलागाईले बताए । उनका अनुसार एक नगरपालिका र ७ गाउँपालिका रहेको यस जिल्लामा हालसम्म सिंजा र कनकासुन्दरी गाउँपालिकामा पहिलोपटक नमुना मतदान कार्यक्रम गरिएको हो ।

अन्य गाउँपालिकामा छिट्टै नमुना मतदान कार्यक्रम गरिने सूचना अधिकारी चौलागाईले जनाए । हालसम्मको नमुना मतदानमा अपेक्षा गरिएकोभन्दा धेरै मत बदर भएको पाइएको छ। उनले भने बदर मतमा औँलाको छाप लगाइएको, एक मतपत्रको एक चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेमा धेरै चिह्नमा छाप लगाउने गरेको पाइएको हो । कनकासुन्दरी गाउँपालिकामा ४८ मत खसेकोमा १२ मत बदर भए। सिंजा गाउँपालिकामा ३७ मत खसेकोमा ८ मत बदर भएको सूचना अधिकारी अविन्नद चौलागाईंले जनाए ।

जुम्लाको कनकासुन्दरी र सिंजामा नमुना मतदान

पत्रकार सरोजराज अधिकारी होटलमा मृत फेला

जुम्लाको कनकासुन्दरी र सिंजामा नमुना मतदान

बेलबारी गोल्डकपको उपाधि एपिएफले जित्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *