बेलबारी गोल्डकपको उपाधि एपिएफले जित्यो

काठमाडौं,२४ कात्तिक ।

पाँचौ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपिएफ क्लब काठमाडौंले जितेको छ । मोरङको लक्ष्मीमार्गमा बुधबार भएको फाइनलमा राजारानी फुटबल क्लब धनकुटालाई १–० गोलले हराउँदै एपिएफले उपाधि जितेको हो। एफिएफको जितमा हरि कार्कीले निर्णायक गोल गरे।

उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् । त्यसपछि खेलमा दुबै टोलीले केही राम्रा अवसर पाए पनि गोल गर्न नसक्दा एपिएफले खेल १–० ले जित्यो। उपाधिसँगै एपिएफले नगद ८ लाख १ हजार रूपैयाँ पुरस्कार पाएको छ। यस्तै उपविजेतामा सिमित भएको राजारानीले ४ लाख रूपैयाँमा चित्त बुझायो। खेलको म्यान अफ द म्याच हरि कार्की भए ।

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर एपीएफका राजु नगरकोटी, डिफेन्टर पिटर सेगुन, मिडफिल्डर मणि लामा, उत्कृष्ट स्ट्राइकर राजारानीका बुद्ध चेम्जोङ, बढी गोलकर्ता सिराहाका फोडे फोफोना र प्रतियोतिका उत्कृष्ट खेलाडी एपीएफका टोपबहादुर विष्ट घोषित भए। यस्तै उत्कृष्ट प्रशिक्षक एपिएफकै सुदीप श्रेष्ठ र राईजिङ प्लेयर कासिम राई आयोजक डाँगीहाट भए।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई जनही १५ हजार र उत्कृष्ट प्रशिक्षकलाई १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो। खेलको म्यान अफ द म्याचले ५ हजार पाए। बेलबारी गोल्डकप फुटबल मोरङको उत्तरी ग्रामीण क्षेत्रमा हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ। डाँगीहाट युथ क्लबले आयोजना गरेको प्रतियोतिामा तीन विदेशीसहित १० टिमको सहभागिता थियो।

सेतोपाटी

बेलबारी गोल्डकपको उपाधि एपिएफले जित्यो

जुम्लाको कनकासुन्दरी र सिंजामा नमुना मतदान

बेलबारी गोल्डकपको उपाधि एपिएफले जित्यो

हुम्लाका मतदानस्थल अति संवेदनशील

Leave a comment

Your email address will not be published. Required fields are marked *