हुम्लाका मतदानस्थल अति संवेदनशील

हुम्ला,२४ कात्तिक ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका हिमाली जिल्ला हुम्लाका अधिकांश मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदान स्थलमध्ये २४ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील मतदान स्थलका रूपमा राखेको छ ।

निर्वाचनमा विप्लव नेतृत्वको माओवादीलगायतका राजनीतिक समूहहरूले निर्वाचन बिथोल्ने घोषणा गरे लगत्तै जिल्लाको सुरक्षा समितिको बैठकले आधाभन्दा बढी मतदान स्थललाई अति संवेदनशील मतदान स्थलका रूपमा राखेको बताइएको छ। समिति स्रोतका अनुसार ५८ वटा मतदान केन्द्रमध्ये २२ वटा संवेदनशील र १२ वटा सुरक्षा चुनौतीका हिसाबले सामान्य छन्।

केहि दिनअघि मात्रै गृह मन्त्रालय र निर्वाचन आयोगमा सिफारिस गरेको समितिले ११ मतदान स्थल भएको नाम्खा गाउँपालिकामा ५ वटा अतिसंवेदनशील, ३ संवेदनशील र ३ सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरेको छ। जिल्ला सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा पनि ४ वटा मतदान केन्द्र अति संवेदनशील, ३ संवेदनशील र २ मतदान केन्द्र सामान्य रहेको निचोड निकालेको छ। सिमकोटका ८ वडामा ९ वटा मतदान केन्द्र तय गरिएको छ।

५ मतदान केन्द्र रहेको खार्पुनाथ गाउँपालिकामा २ अति संवेदनशील, २ संवेदनशील र १ सामान्य रूपमा वर्गीकरण गरिएको छ। विप्लव नेतृत्वको माओवादीको जिल्ला इन्चार्जको गाउँ र स्थानीय तहको निर्वाचनमा एकको ज्यान जाने गरी विवाद भएकोले खार्पुनाथका २ मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला सुरक्षा व्यवस्थापन समिति हुम्लाले १२ वटा मतदान केन्द्र रहेको सर्केगाड गाउँपालिकामा ४ मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा राखेको छ। जहाँ ४ वटा संवेदनशील र ४ वटा मतदानकेन्द्रलाई सामान्य मतदान केन्द्रका रूपमा राखिएको छ ।

अन्नपुर्ण

हुम्लाका मतदानस्थल अति संवेदनशील

बेलबारी गोल्डकपको उपाधि एपिएफले जित्यो

हुम्लाका मतदानस्थल अति संवेदनशील

YUGAAWHAN NATIONAL DAILY (2079-07-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *