सवारी संचालन, व्यवस्थापन र दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत ,२५ भदौ ।
मध्य पश्चिमाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघ सुर्खेतको आयोजनामा सवारी संचालन, व्यवस्थापन र दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम यस संघका अध्यक्ष श्री चेतन कुमार थानीको अध्यक्षतामा तथा प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी उपरीक्षक एवं कार्यालय प्रमुख भुवनेश्वर तिवारी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक एवं कार्यालय प्रमुख पदम बहादुर बिष्ट, नेपाल ट्रक यातायात व्यवसायी महासंघका कर्णाली प्रदेश संयोजक श्री प्रकाश अधिकारी, यातायात व्यवस्था कार्यालय सुर्खेतका कार्यालय प्रमुख आनन्द प्रसाद चपाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक एवं कार्यालय प्रमुख नेत्र बहादुर कुँवर, वरिष्ठ नायक निरीक्षक श्री खेम विक्रम के.सी. संघका उपाध्यक्ष बिजय भण्डारी, महासचिव मदनकृष्ण सुवेदी, कोषाध्यक्ष सुमन लामिछाने, कार्यसमिती सदस्य अशोक कुमार शाही, रेशम ढकाल, सुर्य बहादुर खत्री (बमु), राज कुमार पौडेल लगायत १०० भन्दा बढी सवारी धनी सदस्य, चालक, सहचालक र मजदुरहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख श्री भुवनेश्वर तिवारी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका कर्णाली प्रदेश संयोजक श्री प्रकाश अधिकारी, यातायात व्यवस्था कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्री आनन्द प्रसाद चपाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्री नेत्र बहादुर कुँवरले सवारी संचालन, व्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागि अपनाउनु पर्ने सतर्कताका बारेमा जानकारी प्रदान गर्दै सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए । महासचिव मदनकृष्ण सुवेदीले स्वागत मन्तब्य द्वारा सबैलाई स्वागत गरेका थिए भने कार्यालय प्रमुख रमेश रायमाझीले उक्त कार्यक्रम संचालन गरेका थिए ।
उक्त कार्यक्रममा संघका सदस्य स्वर्गीय हिक्मत बहादुर बि.क. को मिति २०७९/१/२६ गते दुर्घटना परि मृत्यु भएकोमा संघले गरिदिएको दुर्घटना बिमा बापतको रु.५ लाख रुपैयाँको उहाँको श्रीमती सपना बि.क.लाई हस्तान्तरण गरिएको छ भने संघको तर्फबाट थप रु.२ लाख ५० हजार रुपैयाँ संघको आगामी साधारणसभा मा हस्तान्तरण गरिने भएको छ।


