सहकारी शिक्षा तथा टोल भेला कार्यक्रम सम्पन्न

सुर्खेत ,२५ भदौ ।
भाद्र २५ गते शनिवारका दिन वीरेन्द्रनगर १० स्थीत श्री जन सेवा मा.वि घुस्रा बाट यस बर्षको सहकारी शिक्षा तथा टोल भेला कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले सहकारी शिक्षा तथा टोल भेला कार्यक्रम हरेक बर्ष बार्षिक साधारण सभा भन्दा केहि महिना अगाढी टोल टोलमा पुगेर बार्षिक समिक्षा गर्ने र उत्कृष्ठ शेयसदस्यलाई सम्मान गर्नका लागि सिफारिस गर्ने, संस्थाले केही पुराना कार्यक्रमको कार्यान्वयन नयां कार्यक्रम ल्याउने भए छळफल गर्ने, बार्षिक संस्थाका उपलब्धी र गर्न बाकी कामलाई सदस्यमाझ जानकारी लगायतका काम गरिएको छ ।
टोल भेला कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमकुमार विसीले सहकारी सदस्यको घर दैलोमा पुगेर सुख दु:खको सारथि बन्नु पर्ने बताए ।
उनले सदस्य केद्रित सहकारी जस्तो शुकै असहज परिस्थीति आएमा पनि कुनै समस्या नपर्ने भएकाले दोहोरो सदस्यता अन्त्य गरी सहकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सदस्यले नै आफु खुशि कसैको दवाव र प्रभावमा नपरी कुनै १ सहकारी छनौट गर्नु पर्ने बताउनु पर्ने बताए ।
कार्यक्रममा संस्थाका व्यवस्थापक रंगा बहादुर सिंहले गणेशजल सहकारी हरेक बर्ष हरेक सुचकमा ३ गुणा प्रगति गर्दै आएकोले सदस्यलाई संस्थाको वित्तिय बिवरण हेरी ढुक्क भएर कारोवार गर्न अनुरोध गरे ।
सहकारी शिक्षा तथा टोल भेला कार्यक्रम भाद्र २५ गते देखि शुरु भई असोज ८ गते समापन गरिने छ ।


