२०८३ आश्विन १७ गते
×

Now Playing

पशु सेवा शाखा कालिमाटी द्वारा कृषक लाई पशुपंक्षीकोऔसधि वितरण

दिलिप ढकाल
भदौ,२५ सुर्खेत ।

सल्यानको कालिमाटी गाउपालिकामा कृषक हरु लाई पशुपंक्षीको विभिन्न औसधि वितरण गरिएको छ। गाउपालिकाको वडा नम्बर २ वडा कार्यालय सेतीखोलामा किसानले पालेका पशुपंक्षी मा देखिएका लक्षणका आधारमा औषधि वितरण गरिएको हो।

पशुपंक्षीमा लाग्ने रोगहरु जस्तै जुका,नाम्ले माटे,उपिया,जुम्रा मार्ने औषधि,घास नखाने तथा कमजोर पशुहरु, खोकी रहने तथा पेट फ़ुलिएको जस्तो हुने लगाएतका लक्षण देखिएका पशुहरु लाई किसानले बताएको समस्या अनुसार औषधि वितरण गरिएको कालिमाटी गाउपालिका पशु सेवा शाखामा कार्यरत पशु प्राबिधिक ओपेन्द्र डाँगी ले जानकारी दिए ।

कालिमाटी गाउपालिका पशुसेवा शाखा निसुल्क वितरण गरिएको औसधि लिनको लागि १६७ जना महिला र १३०जन पुरुष गरि जम्मा २९७ जना कृषक वडा कार्यालयमा उपस्थित भएका थिए। साथै ओ.जे.टि. को लागि गाउपालिकामा आरती टेक्निकल कलेज बाट आएका छात्र एकेन्द्र खरेल पनि प्राबिधि सहयोगको रुपमा फिल्डमा गएका थिए।

वडा कार्यालयमै पशु सम्बन्धि बिभिन्न औसधि तथा सल्लाह सुझाब लिन पाउदा किसानहरु खुसि भएका थिए ।

पशु सेवा शाखा कालिमाटी द्वारा कृषक लाई पशुपंक्षीकोऔसधि वितरण

आशा जगाऔ,जिवन बचाऔ”भन्ने मुल नाराका साथ विश्व

पशु सेवा शाखा कालिमाटी द्वारा कृषक लाई पशुपंक्षीकोऔसधि वितरण

सहकारी शिक्षा तथा टोल भेला कार्यक्रम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *