मेहेलकुनामा ४७ पोईन्ट रक्तदान

दिलिप ढकाल
सुर्खेत, २५ साउन ।
मनोरन्जन, सुचना र सामाजिक कार्य गर्दै आएको गुर्भाकोट ग्यालरीले आफ्नो पहिलो बार्षिक उत्सबको अबसरमा वृहत खुल्ला रक्तदान तथा सार्बजनिक पुस्तकालयको लागि पुस्तक संकलन कार्यक्रम सम्पन्न गरेको छ । मेहेलकुना प्रहरी चौकी अगाडी बिहान करिब ९ बजे सुरु भएको कार्यक्रम दिउसो सम्म संचालन भएको थियो।

रक्तदान कार्यक्रममा ४७ पोईन्ट रगत जम्मा भएको गुर्भाकोट ग्यालरीले जानकारी दिएको छ। पहिलो बार्षिक उत्सबको अबसरमा गुर्भाकोट ग्यालरीले आयोजना गरेको कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी सुर्खेतले प्राबिधिक सहयोग गरेको थियो।

साथै गुर्भाकोट नगरपालिका, नगर स्वास्थ्य शाखा र मेहेलकुना अस्पतालले पनि सहयोग गरेका थिए। कार्यक्रम पूर्णरूपले सफल बनाउन सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी सुर्खेत, प्रहरी चौकी मेहेलकुना, सुर्य ज्योती माध्यमिक बिद्यालय मेहेलकुना, गुर्भाकोट नगर स्वास्थ्य शाखा, गुर्भाकोट नगरपालिका, मेहेलकुना अस्पताल,बिमला केसी तथा रक्तदान गर्नुहुने सम्पूर्णमा गुर्भाकोट ग्यालरीले हार्दिक आभार व्यक्त गरेको छ।






