बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ५ जान घाइते

संखुवासभा, २६ फागुन ।
संखुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । मादी–६ को सातघुम्ती भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।
बिहीबार बिहान साढे ७ मादीको ओखरबोटे बजार बाट झापाको दमक तर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो । मृतकहरुको पहिचान भइसकेको छैन ।
बस दुर्घटनामा परेको ५ जनाको जीवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकहरुबारे विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनास्थलमा ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।






