राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक शनिबार, समानुपातिक सांसद चयन गरिने

काठमाडौं,२३ मंसिर ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ । बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने बैठकले चुनावी समीक्षाका साथै समानुपातिक सांसद चयन गर्ने भएको छ ।

पार्टीले विधि पद्धति मिच्न नपाउने भन्दै पार्टीका केही नेताहरूले बिहीबार पार्टी कार्यालयमा प्रदर्शन गरेका थिए । यो विषय पनि बैठकमा छलफलको एजेन्डा बन्ने एक नेताले बताए । पार्टीले समानुपातिक तर्फ १३ सिट पाएको छ भने प्रत्यक्षमा ७ सिट जितेको छ ।

रातोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक शनिबार, समानुपातिक सांसद चयन गरिने

मेहलकुना अस्पतालको नयाँ भवन निर्माण अधुरै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!