भूकम्पबाट भएको क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ,२३ कात्तिक ।

उपराष्ट्रपति नन्दबहादुर पुनले डोटीलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भूकम्पले घर भत्कँदा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उपराष्ट्रपतिले भूकम्पमा परी घाइते भएकाको उपचार तथा विस्थापितका लागि उचित बसोबास र खाद्यान्न व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भूकम्प लगायत सम्भावित प्राकृतिक विपतबाट बच्न तथा कम क्षतिका लागि पूर्व तयारीमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

भूकम्पबाट भएको क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

कक्षा १२ को पूरक परीक्षाको नतिजा निर्वाचन

भूकम्पबाट भएको क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

२ जिल्ला घुमेर पुग्नुपर्छ पालिका केन्द्र, तर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!