जिप दुर्घटनामा एकको मृत्यु,दुई जना घाइते

हुम्ला, २३ कात्तिक ।

बुधबार नाम्खा गाउँपालिका –५ यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सिमकोटबाट यारीका लागि गएको बा. १८ च १४१७ नम्बरको बोलेरो जिप बिहान करिब ११ बजेको समयमा दुर्घटना भएको थियो । प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बुका पाल्बाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र चालकसहित दुई जता घाइते भएको बताए ।

दुर्घटनामा परी मृत्यु हुनेमा नाम्खा गाउँपालिका –५ यारी गाउँका २८ वर्षीय कुुङ्गा तान्जेन लामा रहेको बताए । त्यसैगरी दुई जना घाइते हुनेमा नाम्खा गाउँपालिका –५ यारी गाउँका ३१ वर्षीय जिग्मे तामाङ, चालक नाम्खा गाउँपालिका –१ हेक्पा गाउँका २२ वर्षीय कुन्जोक लामा रहेका छन् ।

चालक लामा सामान्य घाइते भएको प्रहरीको भनाइ छ । स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । घाइते भए पनि चालक लामाले प्रहरी चौकी यारीलाई घटनाबारे जानकारी गराएपछि छ जना प्रहरी उद्धारका लागि घटनास्थल पुगेको उनले बताए । घाइते दुवै जनालाई उपचारका लागि हेलिकोप्टरबाट सदरमुकाम सिमकोट जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गोरखापत्र

जिप दुर्घटनामा एकको मृत्यु,दुई जना घाइते

सुर्खेतका दुई हजार बढी कर्मचारी निर्वाचनमा खटिने

जिप दुर्घटनामा एकको मृत्यु,दुई जना घाइते

कक्षा १२ को पूरक परीक्षाको नतिजा निर्वाचन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!