प्यूठानमा जिप दुर्घटना :  ३ जनाको मृत्यू, १२ घाइते

प्यूठान,२३ कात्तिक ।
प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए ।

दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए । दुर्घटनामा१२ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा प्यूठान नगरपालिका–५ पूर्णगाउँका ३४ वर्षीया कीजगमाया महरा, ५० वर्षीया किगदी घर्ती, ५० वर्षीया डिलाराम घर्ती, ३१ वर्षीया बिरीकुमारी महरा, ४७ वर्षीया गोरी खत्री, ५२ वर्षीया फागुनीखत्री, २५ वर्षीया श्रीमायामहरा, ५८ वर्षीय रामे रोका, ३७ वर्षीय निमलाल घर्ती मगर, १८ वर्षीया कुमारी महरा, ४३ वर्षीया किनखी महरा र ३४ वर्षीया किनिमा खत्री छन् ।

जिप मंगलबार मध्यरात १२ बजेतिर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी मुत्यु हुने सबै पातलकटेरी र घाइते सबै पूर्णगाउँका हुन् ।

कान्तिपुर

प्यूठानमा जिप दुर्घटना :  ३ जनाको मृत्यू, १२ घाइते

YUGAAWHAN NATIONAL DAILY (2079-07-22)

प्यूठानमा जिप दुर्घटना :  ३ जनाको मृत्यू, १२ घाइते

YUGAAWHAN NATIONAL DAILY (2079-07-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *