जुम्लाबाट टिकट नपाएपछि थापाले पार्टी छोडे : बुढा

जुम्ला,२३ कात्तिक ।
नेकपा (एकीकृत समाजवादी)का जुम्ला जिल्ला सह इन्चार्ज तीर्थ बुढाले तत्कालीन जिल्ला इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकट नपाएपछि पार्टी छाडेको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने –’आसन्न चुनावका लागि तत्कालीन इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकटको पहल गरेका थिए । टिकट पाएनन्, त्यही निहुँमा थापासहितको केही व्यक्तिले फरक बाटो रोजे ।’

वैचारिक विचलन भएर हिजो केपी शर्मा ओलीलाई प्रतिगमनकारी भन्नेहरु एमाले पार्टीमा प्रवेश गरेको बुढाले आरोप लगाए । कार्यकताहरुलाई विचलित नहुन पनि उनले अपिल गरे । उनले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण कमिटीलाई लामबद्ध भएर लाग्न अनुरोध पनि गरे । उनले भने –’एमालेबाट विद्रोह गर्दै समाजवादी पार्टी स्थापना गर्दा बहुमतमा थियौँ । अहिले २–४ जना पार्टीबाट छाडेर जाँदा पनि बहुमतमै छौँ ।’

रातोपाटी

जुम्लाबाट टिकट नपाएपछि थापाले पार्टी छोडे : बुढा

YUGAAWHAN NATIONAL DAILY (2079-07-21)

जुम्लाबाट टिकट नपाएपछि थापाले पार्टी छोडे : बुढा

YUGAAWHAN NATIONAL DAILY (2079-07-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *