क्षयरोग पिडित प्रभास घर्ती लाई गुर्भाकोट नगरपालिका द्वारा आर्थिक सहयोग
दिलिप ढकाल
गुर्भाकोट,२४ भदौ ।
गुर्भाकोट नगरपालिका वडा नम्बर ९ भुल्के निवासी कर्ण बहादुर घर्ती र कौशिला घर्तीका बर्ष ३ का छोरा क्षयरोग पिडित प्रभास घर्ती लाई गुर्भाकोट नगरपालिकाले आर्थिक सहयोग गरेको छ। नगर प्रमुख हस्त पुनले पिडित प्रभास घर्तीको आमालाई नगर पालिकामा बोलाएर रु १०,००० आर्थिक सहयोग हस्तान्तरण गरेका हुन ।
नगरपालिकामा क्षयरोग मुक्त पालिका कार्यक्रम संचालन भैइरहेको हुदा उक्त कार्यक्रम बाट बिरामीलाई यातायात खर्च र पोषण कोसेली बापत आर्थिक सहयोग गरिएको गुर्भाकोट नगर पालिका नगर प्रमुख हस्त पुनले जानकारी दिए ।
पिडित प्रभास घर्तीलाई गत जेठ तिन गते प्रदेश अस्पताल सुर्खेत मा क्षयरोग पुष्टि भएको र थप उपचारका लागि काठमाडौ रिफर गरिएको र हाल उपचार पछि स्वास्थ्यमा राम्रो सुधार भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।




