बालविकास आधारभुत विद्यालयको विभिन्न कार्यक्रम सम्पन्न

प्रचण्ड खत्री
रुकुम पश्चिम ,२३ भदौ ।

बालविकास आधारभुत बिधालय बाफिकोट ५ वडागाउले ५६ औ विश्व शिक्षा तथा साक्षरता दिवस को अवसरमा विद्यालयमा अध्यनरत विधार्थीहरुको छुट्टाछुट्टै समुह मा बिभाजन गरि आधारभुत १-३ मा छात्र छात्रा कुर्सीरेस ,४-५ मा नेपाली हिज्जे र,६-८ मा अङ्ग्रेजी हिज्जे प्रतियोगीता सञ्चालन गरिएको छ।

कुर्सिरेस मा छात्र तर्फ संगीता बिक प्रथम अर्जुन रिजाल दोस्रो र नेश्रल ओलि तेस्रो भएको विद्यालयका शिक्षक प्रेम कुमार पुन मगरले जानकारि दिए ।


तेस्तै छात्रा तर्फ :प्रथम-सुमित्रा रिजाल , दोस्रो-मौसम पुन , तेस्रो- निशा बि क भएका छन । त्यस्तै नेपालि हिज्जेमा नेपाली हिज्जे तर्फ प्रथम-बिनोद बिक को समुह,दोस्रो-गङ्गा घर्तिको समूह तेस्रो-एलिस रिजाल को समूह भएको बताएको छ ।

त्यस्तै अङ्ग्रेजी हिज्जे तर्फ :प्रथम-रामशरण कामी को समुह(समूह नेता गनेश शेर्पाली ) , दोस्रो-राम वहादुर पुन मगर को समूह( समूह नेता चेतना पुन मगर) तेस्रो – खड्ग बहादुर शाही को समूह (समूह नेता भुमिका शाही )भएको बिद्यालयले जनाएको छ ।

आधारभुत तह ६-८ मा विद्यालयको पुर्ब ब्यबस्थापन समितिका अध्यक्ष हरु को जानकारी दिने उद्देश्य ले समूह हरु को नाम पुर्ब अध्यक्ष बाट राखिएको थियो । आगामी दिनमा पनि शिक्षक अभिभावक संघ ,सामाजिक परिक्षण समिती ,जग्गादाता सहयोगदाता अक्षयकोष संचालक का नाम दिई समूह बनाइ यस्तै खालका कार्यक्रम सन्चालन गरिने बताएको छ ।

जस्ले विद्यालयको समसामयिक ज्ञान बिद्यार्थीले लिने अपेक्षा गरिएको छ । कार्यक्रम को सञ्चालन विद्यालयका शिक्षक प्रेमकुमार पुन मगरले गरेका थिए भने कार्यक्रम को अध्यक्षता प्रधानाध्यापक चन्द्रप्रशाद दहाल ले गरेका थिए । साथै स्थान हासिल गर्ने समूह लाई विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु कर्ण ब चन्द ,निशा पुन ,गिता पुन मगर, खिमला रिजाल, एस्थर पुन ज,शुशिला पुन साही र बाल बिकास सहयोगी कार्यकर्ता दन्ड्माया मल्लले पुरस्कार तथा अबिराबरन सङ्गै प्रमाण पत्र प्रदान गरेका थिए ।

बालविकास आधारभुत विद्यालयको विभिन्न कार्यक्रम सम्पन्न

क्षयरोग पिडित प्रभास घर्ती लाई गुर्भाकोट नगरपालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *