निजामति दिवसको अवसरमा गाउपलिकामा कार्यरत कर्मचारी सम्मानित

दिलिप ढकाल

सुर्खेत ,२३ भदौ ।

सल्यानको कालिमाटी गाउ पालिकामा कार्यरत कर्मचारी तथा पालिका भित्र का स्वास्थ्य सस्थाहरु सम्मानित भएका छन्। निजामति सेवा दिवसको अबसरमा गाउपलिका(का विभिन्न शाखामा कार्यरत कर्मचारी सहित पालिका भित्र रहेका ११ वटा स्वास्थ्य केन्द्र मध्ये ३ वटा स्वास्थ्य केन्द्र सम्मानित भएका हुन्।

सम्मानित हुने मध्ये कार्यालयमा कार्यरत कर्मचारी हरु स्स्वास्थ्य तर्फ केशर बहादुर बस्नेत,भीमसेन वली,सबिना गौतम, सारदा केसी,कृषि तर्फ कृषि शाखा प्रमुख बुद्दि बहादुर वलि,सचिब तर्फ वडा नम्बर ३ कि वडा सचिब गीता बिक रहेकी  छन्।

त्यस्तै स्वास्थ्य सस्था तर्फ रामपुर स्वास्थ्य चौकी,स्वास्थ्य केन्द्र तर्फ आधारभूत स्वास्थ्य केन्द्र पिप्ले,र सामुदायिक स्वास्थ्य ईकाई दमदुवाली रहेका छन्। सम्मानित हुने सबै लाई कालिमाटी गाउपालिका अध्यक्ष दान बहादुर केसी,उपाध्यक्ष सन्सिलता वालो डिसी,प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर खड्का लगाएतले प्रशंसा ९कदर० पत्र सहित खादा ओडाएर सम्मान गर्नु भएको थियो। सम्मान कार्यक्रममा गाउपालिकाका बिभिन्न शाखा मा कार्यरत कर्मचारी,कार्यालय सहायोगी लगाएतको उपस्थिति रहेको थियो।

 

निजामति दिवसको अवसरमा गाउपलिकामा कार्यरत कर्मचारी सम्मानित

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

निजामति दिवसको अवसरमा गाउपलिकामा कार्यरत कर्मचारी सम्मानित

बालविकास आधारभुत विद्यालयको विभिन्न कार्यक्रम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *