भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

काठमाडाैँ,२३  भदाैँ ।

नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। उनी अध्यक्षका प्रत्यासी निरोज मास्केलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। चन्द यसअघि संघको महासचिव थिए भने मास्के उपाध्यक्ष थिइन्।

बुधबार भएको चुनावी साधारणसभाबाट रोशन श्रेष्ठ महासचिव निर्वाचित भए। उनले मनवीर छन्त्याललाई पछि पारे। उपाध्यक्षमा मदन खड्का ९प्रदेश एक०, उपेन्द्र यादव ९मधेश०, यमबहादुर गुरुङ बागमति  भीम ओली ९लुम्बिनी० र सुदूर हर्क सिंह धामी ९सूदुरपश्चिम निर्विरोध भए।

ज्योति केसीलाई हराउँदै गौतम प्रसाद लासिबा उपाध्यक्ष र रिता कोइरालालाई पछि पारेर श्यामकृष्ण श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भए। मधेस प्रदेशका मोहम्मद फिरोज, बाग्मतीकी सुन केशरी माली, गण्डकीका श्रीधर शर्मा,कर्णालीका सोम बहादुर श्रेष्ठ र सुदूर पश्चिमका गणेश सिंह ठगुन्ना सचिव चुनिए। प्रदेश एकमा विश्व धिमाललाई हराउँदै विनोद सुबेदी तथा लुम्बिनीमा दीपक जिएमलाई हराउँदै धक बहादुर मिदुन सचिव भए।

अन्जु श्रेष्ठ, चन्द्र बदना राई, गङ्गा थापा श्रेष्ठ, जुनु पुन र प्रवीण श्रेष्ठ, कुमार राई, राजकुमार गुरुङ, राज बहादुर खड्का, जितेन्द्र श्रेष्ठ, दीपक लामा र दिनेश श्रेष्ठ पनि सदस्यमा निर्वाचित भए।

सेताेपाटी 

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

डाक्टरले दिए सामूहिक राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *