सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

दिपेन्द्र शर्मा
जाजरकोट,२४ भदौ ।
दिउँसो साढे एकको समयमा जिल्ला जाजरकोट नलगाड नगरपालिका ८ मालुवातडा भन्ने स्थानमा रुकुमको राडि देखी मैदा (पिठो) लिएर जाजरकोट तल्लुबगर तर्फ जाँदै गरेको भे.१ ख.३७३६ नम्बरको मिनि ट्रक एक्कासी ब्रेक फेल हुन गई सडक देखी अन्दाजी ३०/३५ मिटर तल भेरी नदिको किनारमा खसि दुर्घट्ना हुँदा जिल्ला सल्यान बनगाड कुपिण्डेदह नगरपालिका वडा न.०५ घर भई हाल जिल्ला जाजरकोट नलगाड नगरपालिका ८ बगरा बस्दै आएको वर्ष अन्दाजि१७/१८ बर्ष को आशिष गन्दर्भको घटनास्थलमै मृत्यु भएको छ।
त्यस्तै अर्का , जिल्ला रोल्पा गंगादेब गाउपालिका ०३ बस्ने बर्ष ३० को नबिन डाँगिको टाउको,ढाड तथा शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भई थप उपचारको लागि एम्बुलेन्स द्वारा मेडिकल कलेज कोहोलपुर बाँके पठाइएको छ । र ट्रक चालक जिल्ला सुर्खेत भेरि गंगा नगरपालिका ०६ बस्ने वर्ष ५० को लक्षिराम बि.क.को खुट्टामा सामान्य चोट लागेको हो इलाका प्रहरी कार्यालय दल्लि ले जनाएको छ ।
,उक्त स्थानमा यस कार्यालय मातहत ईलाका प्रहरि कार्यलय दल्लिबाट प्रहरि निरिक्षक अर्जुन सिंह साउदको कमाण्डमा प्रहरी टोली खटिई गई निज सवारी चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।






