पार्टी प्रवेशको हल्ला फिजाएर चरित्र हत्या गरेको साहु र केसीको विज्ञप्ति

दुर्गा विसी
सल्लीबजार, २५ फागुन ।
नेकपा एकीकृत समाजवादीका २ जना नगर कमिटी सदस्यीय केही दिन अगावै नेकपा एमाले प्रवेस गरेको भन्ने हल्ला निराधार भएको जनाएको छ ।

एकीकृत समाजवादीका नगर कमिटी सदस्यीय रामवहादुर केसि र खहरेखोला निवासी एकीकृत समाजवादीका नगर कमिटी सदस्य चित्रवहादुर साहुले आज विज्ञप्ति निकाल्दै घोर भ्रत्सना गरिएको छ ।

केहिदिन अगाडि अवेर राति खहरेखोला पुगेर नेकपा एमालेक नगरका नेता कार्यकर्ताले साहुलाइ टोलकमिटि अध्यक्ष वनाइ माइन्युट गरेका थिए । तर ती सबै कुरा निराधार भएको उनिहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । द्वय चरित्र वोकेका मान्छेहरुसँग सजग हुन अपिल गरिएको छ ।

संधै एकीकृत समाजवादीको आस्थामा विश्वास र अडिगताका साथ अघि बढ्न उनीहरुले आव्हान गरेका छन् । आश्न स्थानीय चुनावमा कलम चिन्हमा मतदान गरी समाजवादीका उम्मेदवारलाई भारी मतले विजय गराई नगरको यथोचित विकासमा स्थायीत्व ल्याउने कुरामा आफ्नो पार्टी अटल रहेको उनीहरुले बताएका छन् ।

हल्लाका पछि नलाग्न र छलछाम, ढाट, ढुडको राजनीतिबाट जो कोहि मुक्त हुन उनीहरुको भनाई रहेको छ । आज यो देशमा यस्तो अवस्था आउनुमा जनमतको सरकारले गरेको गद्दारी प्रति पुनः सबैले एक पटक एमालेको सट्टा समाजवादी रोज्न एमाले पंक्तिलाई आह्वान गरेका छन् ।

पद र पैसाको निम्ति स्थायी कम्युनिस्ट सरकार ढाल्ने, कम्युनिस्ट फुटाउने, भ्रष्टाचारमा लिप्तलाई नेपाली जनताले राम्रो चिन्ह पर्ने जनाए । अबको चुनावमा जनताले राम्रोसँग पार्टी र नेता चिन्नुपर्ने उनीहरुको धारणा रहेको छ ।

एकीकृत समाजवादीको नगर कमिटी बैठकमै उनीहरुले एमाले प्रवेश गरेको भनेर बाहिरी हल्ला फिजाउने र आफुहरुको चरीत्र हत्या गर्नेका विरुद्ध कडा रुपमा प्रतिकार गरेका छन् । संगै खादैसँगै बस्दैमा पार्टीलाई जोडेर वदानामी नगर्न चेतावनी दिएको छ ।

पार्टी प्रवेशको हल्ला फिजाएर चरित्र हत्या गरेको साहु र केसीको विज्ञप्ति

ब्राउन सुगरसहित जुम्लाका दुई जना पक्राउ

पार्टी प्रवेशको हल्ला फिजाएर चरित्र हत्या गरेको साहु र केसीको विज्ञप्ति

कर्णाली करिडोरको हुम्ला खण्डको काम अन्तिम चरणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!