अन्तरपालिका पुरुष भलिबलको उपाधी लेखबेशीलाई

सुर्खेत, २५ फागुन ।
लेकबेशी नगरपालिकाले बीरेन्द्रनगरमा सम्पन्न अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधी जितेको छ । भएको फाइनलमा चिङगाड गाँउपालिकालाइ ३–० को सोझो सेटमा हराउदै लेकवेशी च्यानपियन बनेको हो ।

लेकबेशीले तिनवटै सेटमा एक्लौटी जित हात पार्दै नगत एकलाख आफ्नो पोल्टामा पारेको छ । खेलको शुरुबाटै दबावमा राखेको लेकबेशीले २५–२१, २५–२० र २५–२२ ले नजिता आफ्नो पक्षमा पारेको हो ।

यसअघि चिङगाडले पञ्चपुरी र लेकेबेशीले सिम्तालाई पराजित गर्दै उपाधि भिड्नत पक्का गरेका हुन । समुह चरणको खेलमा पञ्चपुरीले लेकबेशीलाई र सिम्ताले चिङगाडलाई हराउदै सेमिफाईनलमा पुगेका थिए ।

यस्तै बीच आजै भएको अर्कोखेलमा सिम्तालाई हराउदै पञ्चपुरी नगरपालिका तेस्रो हुन सफल भएको छ । सिम्लालाई २–१ को सेटले पराजित गर्दै पञ्चपुरीले २५ हजार हात पारेको छ ।

बिजेता बनेको लेकबेशीले एकलाख पाउँदा उपविजेता बनेको चिङगाडले ५० हजारमा चित्त बुझाएको छ । वीरेन्द्रनगर युवा क्लबको आयोजनाम भएको प्रतियोगितामा सुर्खेतका ९ वटै पालिकाको सहभागीता रहेको थियो ।

अन्तरपालिका पुरुष भलिबलको उपाधी लेखबेशीलाई

महिला दिवसको अवसरमा शिक्षिका सम्मानित

अन्तरपालिका पुरुष भलिबलको उपाधी लेखबेशीलाई

YUGAAWHAN NATIONAL DAILY (2078-11-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!