महिला दिवसको अवसरमा शिक्षिका सम्मानित

दिलिप ढकाल
गुर्भाकोट, २५ फागुन ।
११२ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा गुर्भाकोटको बोटेचौर रहेको सहारा इङ्लिस मिडियम स्कुलले नारी सम्मान तथा सुभकामना कार्यकरम सम्पन्न गरेको छ ।

बिद्यालय संचालक हरिलाल खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निजि शिक्षा क्षेत्रतर्फ महत्वपूर्ण योगदान दिने शिक्षिकाहरुलाई शुभकामना सम्मान गरिएको छ ।

शिक्षातर्फ महत्वपपूर्ण योगदान दिनेहरुमा रितु खड्का, अन्जना केसी, यकुमाया यरी, सीता राना, भिमा थापा, लक्ष्मी बिसी र मन्जु खत्री शिक्षिकाहरु सम्मानित भएका छन् भने स्वास्थ्य तर्फ महत्वपूर्ण योगदान दिनेहरुमा प्रतिक्षा ओली, रिता बिक, यमुना ओली लगायतकालाई सम्मान गरिएकोछ ।

उक्त कार्यक्रम सहारा इङ्लिस मिडियम स्कुलका नेपाली विषयका शिक्षक गोपी खत्रीले गर्नुभएको थियो । साथै ११२ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बोटेचौरकै गुर्भाकोट युनाइटेड सेकेन्डरी बोर्डिङ स्कुलले पनि महिला शसक्तिकरणका लागि महिला हिंसा अन्त्य गरौं, महिला अधिकार सुनिश्चित गरौँ जस्ता महिला अधिकारका लागि लेखिएका प्ले कार्ड लिएर बिद्यालयबाट ¥याली निकाली बोटेचौर बजार परिक्रम गरेको थियो ।

महिला दिवसको अवसरमा शिक्षिका सम्मानित

स्थानीय चुनावमा सबै सेट माओवादीले जित्ने दाबी

महिला दिवसको अवसरमा शिक्षिका सम्मानित

अन्तरपालिका पुरुष भलिबलको उपाधी लेखबेशीलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!