लायन्स क्लवको प्रशिक्षण तथा पाँच जनालाई सम्मान

सुर्खेत, २५ फागुन ।
लायन्स क्लव अफ सिद्धपाइला सुर्खेतले ‘असल अभिभावकत्व तथा मनोसामाजिक सु.स्वास्थ्य’ प्रशिक्षण कार्यक्रम गरेको छ । क्लवले मंगलबार वीरेन्द्रनगरमा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘असल अभिभावकत्व तथा मनोसामाजिक सु.स्वास्थ्य’ प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालको प्रमुख आथित्यतता तथा क्लवका अध्यक्ष ज्ञानुकुमारी सुवेदी गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मनोविमर्सकर्ता शर्मिला विसी, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य अधिकृत खगेन्द्रप्रसाद गैरेले सहजीकरण गरेका थिए ।
प्रशिक्षणमा लायन्स क्लवका ४५ जना महिलाहरुको सहभागिता रहेको थियो । क्लवले सामाजिक क्षेत्रमा उच्च योगदान पुरयाए वापत लायन्स लिडर विन्दु नेपाल, सरस्वती बस्नेत, चन्द्रा भट्टराई, मञ्जु तिवारी, मनोविमर्सकर्ता शर्मिला विसी र सहजकर्ता प्रकाश गैरेलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको लायन्स गिता वलीले जानकारी दिईन् ।
उनका अनुसार क्लवका सचिव सरिता शर्माले सञ्चालन गरेको कार्यक्रममा सिनियर लायन्स लिडर टिकाराम चपाई, कमल नेपाल, विन्दु नेपाल, हरिहर बस्नेत, सरस्वती बस्नेत, युवराज पौडेल, छवि आचार्य लगायतको सहभागिता रहेको थियो ।









