चन्द्रगंगा विद्यालयकाे शैक्षिक भवन प्रदेश सांसद कँडेलबाट उद्घाटन

सुर्खेत, २५ फागुन ।
नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय वीरेन्द्रनगर–११ गाग्रेताल सुर्खेतको नव निर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रमवीच प्रदेश सभा सदस्य एवं एमाले नेता यामलाल कँडेलबाट दुई वटा शैक्षिक भवनको उद्घाटन गरिएको हो ।

सोही अवसरमा बोल्दै प्रदेश सदस्य कँडेलले विद्यालयको भौतिक अवस्थामा क्रमिक सुधार हुँदै आएको बताउँदै शैक्षिक क्षेत्रमा जिल्ला तथा प्रदेशमै नमूना योग्य कार्य गर्न सुझाव दिएका थिए ।

उनले भने ‘भ्याली भित्रको एउटा उदाहरणीय विद्यालय हो । यसको शैक्षिक अवस्थाले प्रदेशको नेतृत्व गर्नुपर्छ । विद्यालयको विकासमा हरबखत सहयोग गर्न तयार छु ।’

प्रदेश सरकारको संसद विकास कोषबाट नेता कँडेलको तर्फबाट ८० लाखबाट एउटा भवन र प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्यमन्त्री नवराज रावतको सिफारिसमा प्राप्त अनुदानबाट अर्को गरी दुई वटा भवन निर्माण गरिएको थियो ।

अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने उक्त विद्यालयले २०७५ सालदेखि आईएसीएजी सम्बन्धन प्राप्त गरी कृषि विषयमा अध्यापन गराउँदै आएको छ ।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक नेत्रमणी चालिसेले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरु प्रस्तुत गरेका थिए । २०३० सालमा स्थापना भएको विद्यालयमा कक्षा–१ देखि १२ सम्म र प्राविधिक विषयमा गरी ११८२ जना विद्यार्थीहरु अध्ययन रहेको जनाइएको छ ।

ब्रिटिस काउन्सिलबाट आईएसए अवार्ड प्राप्त, तरकारी तथा च्याउ खेतीका लागि १२ वटा टनेल निर्माण, जिल्ला समन्वय समिति उपप्रमुख देवी भट्टराईको पहलमा खानेपानी तथा सिंचाईका लागि पाई तथा गेटभल्व उपलब्ध भएको प्रधानाध्यापक चालिसेले जानकारी दिए ।

आ.व. २०७७÷०७८ मा सुरु मौज्दात ३० लाख ९२ हजार, सरकारी अनुदान २ करोड ३३ लाख ४७ हजार, आन्तरिक आम्दानी ७२ लाख २५ हजार, दाखिला बाँकी १ लाख ५ हजार ६ सय गरी कुल आम्दानी ३ करोड ६७ लाख ७ हजार भएको जनाइएको छ ।

शिक्षक–कर्मचारीको तलव भत्ता तर्फ १ करोड २५ लाख ३० हजार, प्रशासन सञ्चालन व्यवस्थापन खर्च १३ लाख १६ हजार, पुँजीगत खर्च १ करोड ४२ लाख ५१ हजार र अन्तिम मौजदात ५४ लाख ३ हजार ६ सय रुपैयाँ रहेको प्रधानाध्यापक चालिसेद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सुवेदीको अध्यक्षता एवं प्रदेश सभा सदस्य यामलाल कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य पदमा खड्का, वीरेन्द्रनगर–११ क वडाअध्यक्ष नन्दलाल शर्मा, वीरेन्द्रनगर नगरपालिका निमित्त प्रमुख प्रशाकीय अधिकृत धिरेन्द्र प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

चन्द्रगंगा विद्यालयकाे शैक्षिक भवन प्रदेश सांसद कँडेलबाट उद्घाटन

आदर्शका भाषण छाँट्ने महापुरुषको घरमा छैन नारी

चन्द्रगंगा विद्यालयकाे शैक्षिक भवन प्रदेश सांसद कँडेलबाट उद्घाटन

लायन्स क्लवको प्रशिक्षण तथा पाँच जनालाई सम्मान

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!