यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,२२ मंसिर ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १ का साथै देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा आंशिक बदली रहनेछ । राती प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहनेछ।

तराई भू–भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रातोपाटी

यस्तो छ आजको मौसम पूर्वानुमान

न्यायालयको साख गिराउन अर्को तमासा

यस्तो छ आजको मौसम पूर्वानुमान

चिसो बढेपछि सीमा प्रहरी चौकी सिमकोट स्थानान्तरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!