हुम्लामा तारा एयरको जहाजसँग ठोक्कियो चिल

काठमाडौं,२२ मंसिर ।

चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ।चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ । हुम्लामा तारा एयरको जहाजसँग चिल ठोक्किएको छ । बुधबार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए।

नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो। नेपालगञ्जबाट उक्त कार्गो जहाज १२ः४५ मा उडेको थियो।  त्यहाँबाट सिमकोटसम्म पुग्न ४० मिनेट लाग्छ ।

विमानस्थल पुग्नु ४–५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको सुवेदीले बताए । चिल ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको छ। जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस थिए। उनीहरू सुरक्षित छन्।

सेतोपाटी

हुम्लामा तारा एयरको जहाजसँग ठोक्कियो चिल

जर्मनीको संसद भवनमा आक्रमण गर्ने योजना बनाइरहेका

हुम्लामा तारा एयरको जहाजसँग ठोक्कियो चिल

न्यायालयको साख गिराउन अर्को तमासा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!