हरेक बर्ष धान्य पुर्णिमाको दिन कालिमाटी ३ रामपुरमा लाग्ने मेला यो वर्षा पनि मंसिर २२ देखि लाग्दै

दिलिप ढकाल
सुर्खेत,२२ मंसिर ।
सल्यानको कालिमाटी गाउपालिका वडा नम्बर ३ रामपुरमा यहि मंसिर २२ गते देखि भब्य मेला लाग्ने भएको छ। हरेक बर्ष धान्य पुर्णिमाको दिन लाग्ने यो मेला यो वर्ष पनि लाहने भएको हो।
रामपुरमा धेरै समय पहिला कालिमाटी गंगामाला भगवती मन्दिर को स्थापना भएको र सोहि मन्दिरमा पुजाआजा गर्न धेरै टाढा टाढा बाट भक्तजन हरु आउने गरेको कालिमाटी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिए ।

पहिला जग्गाको अभाव भएको र देश संघिय संरचनामा जानु भन्दा अगाडी वडा नम्बर ३ को कछुवा दहको सामुदायिक बनको छेउमा बन सँग समन्वय मेला लगाउन थालिएको उहाले जानकारी दिए ।
२०७४ मा स्थानिय सरकार भएपछी कालिमाटी गाउपालिकाको पहलमा २ बिगाह भन्दा बढी क्षेत्रलाई मेला लाग्ने चौर बनाएर अहिले सोहि ठाउमा मेला लाग्ने गरेको समेत अध्यक्ष खत्रीले जानकारी दिए । कालिमाटी गाउपालिका भित्र उत्पादित बिभिन्न कृषि सामाग्री तथा अन्य सामाग्री पनि उक्त मेलामा प्रदर्शनी गरिने छ।
साथै यो बर्ष कालिमाटी गाउपालिका कृषि शाखाले उक्त मेलामा स्टल को ब्यबस्था गरेको र उक्त मेलामा कालिमाटी गाउपलिका भित्रका किसानले आफुले उत्पादन गरेको कृषि सामाग्री प्रदर्शन गर्ने र पहिलो दोस्रो हुदै विभिन्न स्थान हासिल गर्ने किसानलाई पुरस्कारको ब्यबस्थापन गरिएको कालिमाटी गाउपालिका कृषि शाखा प्रमुख बुद्दि बहादुर ओलीले जानकारी दिए ।
जस अनुसार मङ्सिर २२ गते बिहान ९ः०० देखि ११ः१५ सम्म कृषि उपज दर्ता गर्ने समय तोकिएको छ भने कार्यक्रम उद्घाटन ११ः३० बजे हुने छ। ११ः१० बजे देखि साझा ४ बजे सम्म कृषि बस्तु प्रदर्शनी गर्न सकिने छ भने २२ गते २ बजे देखि ४ बजे सम्म मुल्यांकन गर्नेछ।
यस्तै ४ बजे पछि सामाग्री फिर्ता गरिनेछ भने २३ गते दिउसो १२ बजे उत्कृष्टताको आधारमा पुरस्कार दिइनेछ। उक्त मेलामा सल्यान सहित सुर्खेत जाजरकोट रुकुम दाङ रोल्पा बाँके बर्दिया लगाएतका जिल्ला बाट मानिस हरु मेला अवलोकन गर्न आउने गर्छन।






