पैसा त जो कोहिले कमाउँछ : नामको लागि संघर्षरत छु

सिर्जना बुढाथोकी
सुर्खेत,२२ कात्तिक ।

परिचय
हिराबहादुर घर्ति मगर । वि.सं. २०४७ साल कार्तिक २३ गते सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. १४ को भर्लेनीमा जन्मिएको हुँ । मेरो बाल्यकाल आफु जन्मिएको गाउँघरमै बितेको हो । म गुमीकै विद्यालयमा कक्षा ५ सम्म पढेको हो । त्यसपछि कक्षा ६ देखि वीरेन्द्रनगरमा रहेको जन नमूना माविमा पढेको  हु ।

कक्षामा इमान्दार र मेहेनति विद्यार्थीका रुपमा आफुलाई परिचित गराएर मैले छात्रवृत्ति पाएर बिना शुल्क पढ्ने अवसर पाएको थिएँ । मैले राम्रो नम्बर ल्याएर एस.एल.सी पास गरेको थिएँ । मैले जब एस.एल.सी पास गरे अब के पढ्ने त भन्दा मलाई सल्लाह दिने मेरो आमाबुवा हुनुभएन त्यो भन्दा ठूलो पीडा सायदै केहि भएन । बुवा जागिरे भएकाले त्यत्ति दुःख त गर्न परेन तर गाउँले परिवेशमा भएकाले खेतीपातीमा त सघाउनै पर्ने हुन्थ्यो ।

बालकैमा टुहुरो
हामी जम्मा पाँच भाईबहिनी हो । मेरो दुईवटा दिदी, एक दाई र एक भाई हुनुहुन्छ । मेरो बुवा पेशाले इण्डियन आर्मी तर हामी सानै हुँदा जागिरे जीवन पूरा गरेर रिटायर्ड भैसक्नुभएको थियो । तर मेरो बुवाले रिटायर्ड भएपनि नछोडेर डबल नौकरी गर्नुभएको हो । वि.सं. २०६१ सालमा पल्टनमा जागिरमै हुँदा दार्जिलिङ्गमा एक्सिडेन्ट भएर बुवाको मृत्यु भयो ।

त्यो समयमा म गुमीकै विद्यालयमा कक्षा सातमा पढ्थे । अनि आमा र हामी दाईदिदी भइम् तर बुवा बितेको ढाई तीन वर्षमै आमालाई पनि घरमै गोमन सर्पले टोक्यो र उहाँकोपनि मृत्यु भयो । बुवापछि आमाको नाममा गएको पेन्सनपछि नाबालकको नाममा आउने भएकाले मेरो नाम त्यहाँ भयो र त्यहि पैसाले हामी पाँच दिदी दाई, म अनि भाई पढ्न थाल्यौ ।

सबै कुरा भएपनि आफ्नो आमाबुवानै नहुँदा हामीलाई मनमा खुशी कहिल्यै मिलेन । चाहे जतिसुकै उचाईमा पुगेपनि आमाबुवा साथमा नहुँदा सायदै पूर्ण भइँदो रहेन्छ । मेरो परिवारका सबै लगभग इण्डियन लाहुरे तर म चाहि पढ्नुपर्छ नेपालमै सरकारी जागिर गर्नुपर्छ भन्ने सोचमा गएँ । त्यसपछि मैले एच.ए पढे अनि काठमाडौंमा रहेको विभिन्न ठूला हस्पिटलहरु र वीर हस्पिटलमा जागिर गर्ने अवसर पाएँ ।

जागिर गर्दै पढाई

सानैमा आमाबुवा गुमाएपछि चाहे अनुसार खर्च गर्न पैसा त हुँदैन थियो तर दुःख पनि त्यत्ति साह्रो भएन । पढ्नका लागि बाहिर बस्दा खर्च जुटाउन त समस्या हुन्थ्यो, त्यसपछि नै मैले पढ्दै जागिर गर्दै गरे । तर पढाईका लागि दिदी भिनाजु, काकाकाकीहरुले गर्दानै आज म सहि बाटोमा लागेको अनुभव छ ।

तर जब पढेर सके अनि जागिर गरे तलबबाट मलाई आर्थिक समस्या भएन । त्यसपछि ब्रिटिश क्याम्पमा काम गरेपछि त महिनामै ८५ हजारसम्म तलब पाउन थाले जसले मलाई सहजता दियो । सानैमा बुवाआमाको साथ र मायाबाट वञ्चितत म अभावलाई सम्झेर पैसा जोगाउन थाले । जब ड्रागन खेती व्यवसाय शुरु गरे अनि मैले विवाह पनि गरे । मेरी श्रीमती हाल अमेरिकामा छिन् । उनको हरेक कुरामा मैले साथ पाएको छु।

ड्रागन फ्रुटले तान्यो
मैले काठमाण्डौंमा बसेर करिब ७ वर्ष विभिन्न निजी स्वास्थ्य संस्था तथा करिब चार वर्ष ब्रिटिश क्याम्प सुर्खेतमा एच.एको पदमा काम गरेको हो । दुबै क्षेत्रमा गरेर मैले करिब ११ वर्ष जागिरे जीवन बिताएको थिएँ । पढाईमा गरेको दुःख र मेहेनतले मैले राम्रो अवसर पाएको थिएँ ब्रिटिश क्याम्पमा । तर मलाई पैसाको मोह कहिल्यै भएन मात्रै मलाई आत्मनिर्भर बन्नु थियो ।

त्यसपछि मैले जागिर सबै कुरा छोडेर गाउँ फर्किने योजना बनाए । पहिलेनै नागरिकता बनिसकेपछि हामी दाजुभाईले बुवाको सम्पत्ति बाँडेका थियौ । बाँडफाँड भएपछि म पढाई अनि जागिरको शिलशिलामा काठमाडौंमा भएँ तर मेरो पुख्र्यौली जमिन बाँझो थियो । आफु स्वास्थ्य क्षेत्रको भएकाले पनि मैले सधै सोच्थे जे काम गरेपनि मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने काम गर्ने सोच थियो ।

सके राम्रो गर्ने नसके नराम्रो पनि नगर्ने मानवता ममा सधै  छ । अनि त्यहि बाँझो जमिनमा ड्रागन खेती गर्ने योजनामा पुगे । आफुले जागिर गर्दा कमाएको पैसा सबै जम्मा गरेको थिएँ त्यहि पैसा र मेरो श्रीमतीको पनि आर्थिक सहयोगमा मैले करिब तीन वर्षअघिदेखि ड्रागन खेती शुरु गरे ।

मैले आफ्नै गाउँ अनि आफ्नै जग्गा भएको गुर्भाकोट नगरपालिका वडा नं. १४ को भर्लेनीमा कर्णाली ड्रागन फ्रुट फर्म खोलेर करिब १ करोड १५ लाखको लगानीमा खेती शुरु गरे । मैले सबैको माया र साथ पाएँ । सुरूमा उनले एक बिघा जग्गामा ९१४ वटा खम्बा बनाएर रातो र सेतो ड्रागन फ्रुट रोपे। दस महिना खेती र कार्यालय दुवैमा समय दिए। बिरूवा हुर्किँदै गएपछि बारी आकर्षक देखिन थाल्यो।

उनको मन जागिरमा भन्दा आफ्नो ड्रागन फ्रुट खेतीमा आकर्षित भयो। जागिर छाडेर खेती गर्ने कुरा सुरूमा परिवारका सदस्यलाई बुझाउन मुश्किल प¥यो । पछि सफल भएँ । जागिरबाट बचाएको २० लाख रूपैयाँ रकम लगानी गरेर खेती सुरू गरें । ड्रागन फ्रुटका बिरूवा रोपेकै एक बिघा जग्गा धितो राखेर ७० लाख रूपैयाँ ऋण लिएर पूर्वाधार र नर्सरी बनाएँ । अब त लगानी बढाउनुपर्छ भन्ने लागिहाल्यो । अहिले करिब एक करोड रूपैयाँ लगानी पुगेको छ ।

अब चाँडै डेढ करोड पुग्छ । बाँकी रहेको जग्गामा पनि पूर्वाधार तयार गरेर ड्रागन फ्रुट नै लगाउने योजना छ । अहिले नै मेरो आम्दानी ह्वात्तै बढ्दैन । राम्रो कमाइ हुने भनेको आउँदो एक वर्षपछि हो । त्यसपछिका दुई– तीन वर्षभित्रमा लगानी पूरै उठ्छ । राम्रो आम्दानी हुने जागिर छोडेर पूरै समय ड्रागन फ्रुट खेतीमा लागेको छु। जागिर छाडेकामा पछुतो छैन। मैले अरूलाई पनि रोजगारी दिन सकेको छु। परिवारको राम्रो साथ मिलेको छ।

अहिले सबैजना फर्ममै आएर ड्रागन फ्रुट लिएर जानुहुन्छ, मैले बजारका लागि समस्या झेल्नुपरेको छैन् । यो अवधिसम्म मैले मेरो लगानी असुल गरिसकेको छु। मैले गरेको व्यवसाय नमूनाको रुपमा सञ्चालन भएको भन्दै आगामी दिनमा कृष्षि विकास निर्देशनालयले पनि सहयोग गर्ने निर्देशक चित्रबहादुर रोकायले बताउनुभएको छ । म यसमा निकै खुशी छु किनकी राज्यले सहि मान्छे चिन्न जान्नुपर्छ ।

माटोमा हिरा फलाउने अठोट

कोशिस गरेपछि सम्भव छ, आफ्नै माटोमा हिरा फलाउन सकिन्छ । जुन जोस्, इच्छाशक्ति युवामा हुन्छ, त्यहि युवा विदेशी माटोमा संघर्ष गर्न पछि हट्दैन । आफ्नै देशमा केहि गरेर आफुले संगै थुप्रैलाई रोजगारी दिन सकिने बाटा छन् । हरेक काममा धैर्यता आवश्यक पर्छ किनकी दुःख पछिनै सुख आउने हो । म अझै आफ्ना योजनामा हिडिरहेको छु, अहिलेसम्मको काममा सफल भएको छु तर अझै धेरै गर्ने योजना र चाहना छ ।

म ढुक्क छु किनकी म सत्य अनि मेहेनतको बाटोमा छु म अवश्य पूर्ण सफल हुनेछु। मभित्र लोभ छैन किनकी म अहिले पनि अमेरिका जान सक्ने अवस्थामा छु किनकी मेरी श्रीमती अमेरिकामा छिन् तर म आफ्नै देश अनि आफ्नै गाउँ समाजमा केहि गर्न चाहन्छु। जीवनसंगीनीले मलाई अमेरिका नबोलाएको होइन ।

आफ्नो जागिरबाट पनि नेपाल सरकारको माथिल्लो तहको कर्मचारीको भन्दा बढी तलब आउने तर मलाई दुबै अवसर भन्दा ड्रागन खेतीले आकर्षित गर्यो । त्यसैले मैले मेहेनत गरिरहेको छु अनि मेरो जीवन संगीनीले पनि साथ दिइरहेकी छिन् । हामी दुबैजनाको सोच विदेशमा सेटल हुने छैन आफ्नै ठाँउमा खुशीका साथ रम्ने योजना छ । यो खेतीमा मैले पूर्ण सन्तुष्टी पाएको छु किनकी यो मैलेनै चाहेको दुःखपछिको खुशी हो ।

नेपालमा रहेका हरेक युवा जनशक्तिले यस्तै योजनाबाट अघि बढे अवश्य देशलाई पनि अघि बढाउन सकिन्छ र  सफल भइन्छ । यस्ता युवा जो संग जोस्, जाँगर र ईच्छाशक्ति छ तर आर्थिक रुपमा असक्षम भएर विदेशीन बाध्य छन् भने सरकारी तबरबाट पनि सहयोग हुन जरुरी छ । हरेक वर्ष युवा अनि बेरोजगारको नाममा छुट्टीने बजेट युवामुखीनै हुनुपर्छ । व्यवसायनै नगरी पकेटमा छाप र फर्म बोकेर हिड्नेलाई पहिचान गरी पूर्ण निगरानीका साथ युवालाई बलियो बनाउन अब सरकारले जनशक्ति परिचालन गर्नुपर्छ ।

पैसा त जो कोहिले कमाउँछ : नामको लागि संघर्षरत छु

प्रचण्डमय’ बन्दै कर्णाली, आज पाँच स्थानमा आयोजित

पैसा त जो कोहिले कमाउँछ : नामको लागि संघर्षरत छु

मापदण्डविपरीत दूध र पानी बिक्री

Leave a comment

Your email address will not be published. Required fields are marked *