घर अनि अटो दुवै चलाउने : पवित्रा

विहान साढे ९ बजेसम्ममा छिटोछरितो गरेर भातभान्सा सकाएपछि केटाकेटीलाई स्कूल धपाएर कतिखेर घरधन्दा सकिएला र अलि उछारिलो हुन पाइएला भन्ने धेरैजसो महिला गृहिणीहरुको सोचाई हुनेगर्छ । तर वीरेन्द्रनगर १३ की पवित्रा रावतलाई यी सबै घरव्यवहारका काम सक्ना गलामा छड्के झोला बोकेर अटो रिक्साको क्लच र एक्लसेटर थिच्दै बजारतिर कुद्ने हतारो हुन्छ । यस्तो हतारपतार गरेको देख्दा त कहिलेकाहिं उनका छिमेकीपनि तीनछक्क पर्छन । तरपनि के गर्नु घरव्यहार चलाउने मुख्य साधन नै यहि तीनपांग्रे जो बनेको छ ।

वीरेन्द्रनगर बजारमा यात्रीहरुलाई ओसार पसार गर्ने अटोहरुको भीडमा पवित्राको ००१ अ कर्णाली प्रदेश ०१६३ नम्बरको अटोपनि दिनभरि कुदेको कुद्यै हुन्छ । र, साँझ फेरि ६ बज्दा नबज्दै फेरि घर पुगिहाल्नुपर्ने हुन्छ, चुलोचौको सम्हाल्न । ‘कामै नगरी बेरोजगार बसेकाले त के गर्छे कसो गर्छे भनेर भन्लान तर धेरैजसोले भने धेरै राम्रो गरेकी छौ भन्नुहुन्छ,’ उनी खुशी र गर्व एकैसाथ सुनाउँछिन । पहिले दैनिक निर्माणका काममा ज्याला मजदुरी गर्ने पवित्रालाई त्यो काममा चाहिनेभन्दा बढि दुःख गरेर पाउनुपर्ने जति पारिश्रमिक नपाएपछि पेशा बदल्नुपरेको हो । तरपनि महिलालााई अटो ड्राइभर बन्न सोचेझैं सजिलोपनि छैन ।

‘पुरुषहरूले त राति अबेरसम्म अटो चलाउन सक्नुहुन्छ, हामीले त रातीमा डराउनुपर्ने बाध्यता छ,’ रावतले भनिन्, ‘त्यसैमाथि बिहान–बेलुका घरको पनि काम गर्नुपर्ने हुन्छ, दाजुभाई जति सजिला दिदीबहिनीलाई यो पेशामा पनि सजिलो त छैन। कतिपय यात्रीले हात देखाउँदै अटो रोकेपनि महिला चालक देखेपछि सुरक्षित गन्तब्यमा पुग्नेमा शंका मानेझैं निधार खुम्च्याउँछन भने कतिपयले चढिसकेपछि भाडा यति उति भो भन्दा दिनेबेला नाक खुम्च्याउँछन।

‘बिहान–बेलुका घरायसी काम पनि आफैंले गर्नुपर्छ, त्यो समयसम्म त ५/७ सय कमाई हुन्थ्यो होला,’ उनले भनिन्, ‘बिहान सबेरैदेखि अटो चलाउन पाए त कमाई बढ्ने थियो। घरको कामको कसैले पैसा कमाई त हुन्न के रे ।’ जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जन्मिएका तीनभाई कि एउटा बहिनी हुन उनी । परिवारी एउटै मात्र छोरी भएपनि छोरीले पाउनुपर्ने जत्ति माया पाउन नसकेको उनको गुनासो छ । १८ वर्षको कलिलै उमेरमा विहे गरेपछि जीवनको नयाँ अध्याय शुरु गर्न उनीहरु सुर्खेत आएको अहिले करिव ७ वर्ष पुगिसकेको छ ।

छोरासहित तीन जनाको परिवार रहेको पवित्रा पहिला श्रीमानसंगै ज्यालामा मजदुरीमा काम गर्ने गर्थिन । वीरेन्द्रनगर नगरपालिकाले महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत अटोरिक्शा चलाउने १ महिने तालिम दिएपछि अटो किन्नका लागि २ लाख रुपैयाँ पनि नगरपालिकाले नै दिएको उनले जानकारी दिईन । त्यो २ लाखमध्ये १ लाख अनुदान हो भने अर्को लाख ऋणअनुदान। जसको साँवा र व्याज गरी उनले े मासिक किस्ता वापत साढे १७ हजार बुझाउनैपर्छ ।

‘रिक्सा चलाउन थालेपछि ठीकै भएको छ, तीन जनाको मेरो परिवार पालेकी छु।’ उनले भनिन, म त आत्मनिर्भर बनेको छु। ’ उनले अटोरिक्सा चलाउन थालेको अहिले ३ वर्ष भयो । सुरुका दिनमा अटो चलाउँदा एक त गतिलोसंग आम्दानी भइरहेको थिएन, त्यहिमाथि कोभीडले गर्दा लकडाउन भएपछि उनी झन् समस्यामा परिन् । लकडाउनकै कारण खप्टिएको किस्ता र व्याजका कारण उनले मासिक १७ हजार ५०० रुपैयाँ किस्ता तिर्नुपरिरहेको छ ।अहिले मासिक लगभग २५÷३० रुपैयाँ जति कमाई हुने गरेको बताउँदै उनले भनिन् ‘अब पनि लकडाउन भएन भने त किस्ता तिर्न सजिलो हुने थियो ।’

उमेरले २८ वर्ष टेकेकी पवित्राले ८ कक्षासम्म पढेकीछिन् । अटो सिक्ने बेला उनलाई समाजले के भन्ला भन्ने डर थियो । तर त्यो उनको डरमात्र रहेछ । टोल–समाज सबैले हौसला दिएको उनले बताइन् । ‘समाजमा मैंले अटो चलाउँदा अर्कै सोच्छनकी भन्ने थियो,’ उनले भनिन्, ‘तर सोचेजस्तो छैन, राम्रो गरेकी छौ,अझ मेहनत गर्दै जाउ भनेर भन्छन् ।’ श्रीमानको कमाईसंगै आप्mनो आम्दानीपनि थपिएपनि घर खर्च चलाउन सजिलो भएको उनले सुनाईन । ‘कामलाई सानो ठूलो भनेर छुट्याउन हुँदैन भन्ने मैलेपनि सिकिसके ।’ पवित्रा भन्छिन् ‘म पनि त्यसै गरेर बसेको भए त बेरोजगार नै हुन्थे । प्रस्तुती : सावित्रा उपाध्याय

घर अनि अटो दुवै चलाउने : पवित्रा

‘पहिलो तलब १५ रुपैयाँ’

घर अनि अटो दुवै चलाउने : पवित्रा

YUGAAWHAN NATIONAL DAILY (2079-04-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *