भेरीगंगा–८ का कृषकहरुलाई कृषि सामाग्री वितरण

दिलिप ढकाल
सुर्खेत, २४ असार ।
भेरीगंगा नगरपालिका वडा नम्बर ८ मा आज एक कार्यक्रमका बीच कृषकहरुलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ । कार्यालय परिसरमा शुक्रबार वडाका कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको हो ।

भेरीगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुशे कामी, वडा सदस्य झुपलाल सुनार तथा वडा सचिव लेखनाथ शर्माको उपस्थितिमा कृषि सामाग्री वितरण गरिएको हो । वडा नम्बर ८ लाई कृषिमा आत्मनिर्भर बनाउनको लागि कृषकहरुको दैनिक काम गर्ने शैलीमा छिटो र सहज होस भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा वडा भित्रका ५२ जना कृषकहरूलाई कृषि सामाग्री वितरण गरिएको हो ।
घाँस काट्ने मेसिनतर्फ २९ जना, कुटानी पिसानी मिलतर्फ, १० जना र प्याडलसहितको सिलाई मेसिनतर्फ १४ जना गरी जम्मा ५२ जनालाई कृषि सामाग्री वितरण गरिएको गरिएको भेरीगंगा वडा नम्बर ८ का वडा सचिव लेखनाथ शर्माले जानकारी दिए ।

भेरीगंगा नगरपालिका पशुपंक्षी शाखाले खरिद गरी वडा कार्यालयलाई उपलब्ध गराएपछि शुक्रबार वडा कार्यालयले सामाग्री वितरण गरेको हो । कार्यक्रममा वडा अध्यक्ष पुशे कामीले वितरण गरिएको कृषि औजारले कृषकको समय बचत हुने तथा कृषि सम्बन्धिका काममा सहज हुने अपेक्षासहित उपकरणको सही सदुपयोग गर्न कृषकहरूलाई आग्रह गरे ।
तेह्र हजार पाच सय पर्ने घाँस काट्नेप्रति मेसिनलाई ५० प्रतिशत छुट अर्थात ६,७५०, पचास हजार पर्ने कुटानी पिसानी मिल ५० प्रतिशत छुट अर्थात २५,०००० र तेह्र हजार पाच सय पर्ने प्याडल सहितको सिलाई मेसिन ५० प्रतिशत छुटसहित ६,७५० मा वितरण गरिएको हो । ५२ जना मध्ये धेरैले शुक्रबार कृषि सामाग्री लागेको र बाँकी कृषकलाई पनि छिटो सम्पर्क गरी कृषि सामग्री लिन वडा कार्यालयले आग्रह गरेको छ ।







