शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको मुल्य घट्यो

काठमाडौं,२४ असार ।

शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो ।

यो साता सुन–चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

स्रोत :  सेतोपाटी

शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको मुल्य घट्यो

नेपालमा टी–२० विश्वकपको ट्रफी ल्याइने

शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको मुल्य घट्यो

भेरीगंगा–८ का कृषकहरुलाई कृषि सामाग्री वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *