भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौं, २५ जेठ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने बताएको छ । बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हो ।

सडक विभागले बुधबार सार्वजनिक सूचना निकालेर बर्खायाममा विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा सडक ल्याउन नसकिने र सडक थप बिग्रँदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तभित्र सडक डिभिजन मातहत कुनै पनि सडक खन्ने स्वीकृत नदिइने प्रष्ट पारेको छ । ‘

कसैले जबर्जस्ती सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही गरिने जानकारी गराइन्छ,’ विभागले भनेको छ ।

स्रोत ः सेतोपाटी

यस्तो छ सूचनाः

भदौ मसान्तसम्म सडक खन्न नपाइने

चितवनमा भेटियो नयाँ चरा

हंगेरीलाई हराउँदै इटाली शीर्षस्थानमा

Leave a comment

Your email address will not be published. Required fields are marked *