हंगेरीलाई हराउँदै इटाली शीर्षस्थानमा

काठमाडौं २५ जेठ

युरो च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा हंगेरीलाई २–१ गोल अन्तरले हराउँदै इटालीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

ओरोगेल स्टेडियम डिनो मानुजी सिसेना इटालीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरे। हंगरीले उपहार गोल पाएको थियो ।

खेलको ३०औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इटालीले सुरूआती अग्रता लिएको थियो । ४५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६१औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि हंगेरी खेलमा फर्कने संकेत देखिएको थियो । तर, त्यसपछि थप गोल निस्कन नसक्दा इटाली विजयी हुन भयो । पहिलो जितसँगै लिग ए समूह ३ को इटालीले २ खेलबाट ४ अंक जोडेर समूहमा शीर्षस्थानमा उक्लिएको छ ।

पहिलो हार बेहोरेको हंगेरी ३ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । २ अंकसहित जर्मनी तेस्रो तथा इंग्ल्यान्ड १ अंकसहित पुछारमा छ ।

भदौ मसान्तसम्म सडक खन्न नपाइने

हंगेरीलाई हराउँदै इटाली शीर्षस्थानमा

प्रशिक्षक अल्मुताइरीको भविष्य दाउमा

Leave a comment

Your email address will not be published. Required fields are marked *