मुल्साममा उम्मेदवारलाई मतदाताको प्रश्न :मुल्साममा बाटो कहिले पुग्छ ?

मोहन सिंह

जाजारकोट । जिल्लाको बारेकोट गाउँपालिका तीन मुल्लाम मा अझै बाटो पुगेको छैन । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन् । उनीहरुले मुल्साम मा बाटो पु¥याउन सकेनन् ।

यसपटकको स्थानीय तह निर्वाचनमा तिनै भोट माग्ना आउने नेता र उम्मेदवारलाई मुल्सामका मतदाताले सोध्ने गरेका छन्, ‘तपाईं मुल्साम मा हिडिर पुग्नु भो कि गाडिमा ? खोला तरेर भोट माग्ना आउनु भो कि पुल तरेर?मुल्साममा बाटो कहिले पुग्छ?

प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि मतदाता भने जिल्लाको पहिचान बनेको अत्यन्तै पर्यटकीय सम्भाबना बोकेको मुल्साममा कम्तीमा बाटो र खोलामा पुल हुनुपर्ने माग गरिरहेका छन् । मुल्साम घरदैलो गरिरहेका दलहरू विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवारलाई यही प्रश्न मतदाताले दोहोर्याउने गरेका छन् ।

बारेकोट तीन मुल्साम का जनताहरुले सामान्य काम नगर्ने नेताहरूबाट ठूला–ठूला आश्वासन पूरा हुन्छन् भन्ने विश्वास नरहेको बताए । ‘उनी हरुले भन्ने गरेका छन हिजो का स्थानिय चुनाबमा हामीले चुनाब जिते मुल्साम हैन सुन्दर मुल्साम बनाउछौ भनेका थिए तर एउटा खोलामा पुल समेत लगाउन सक्ने जनप्रतिनिधि पाएनौँ’।

बारेकोट–३ को घरदैलोमा आउनुभएका नेकपा एमाले गाउँपालिका अध्यक्ष उम्मेदवार वीर बहादुर गिरीलाई पनि मतदाताले यही प्रश्न तेस्र्याए । गिरीले मतदातामाझ आफू निर्वाचित भएलगत्तै अत्यनतै पर्यटकिय सम्भाबना बोकेको यश मुल्साम क्षेत्रलाई मेरो पहिलो प्रथामिकता बाटो पुर्याउने शिक्षा स्वास्थ्य क्षेत्र लाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।

मुल्साममा उम्मेदवारलाई मतदाताको प्रश्न :मुल्साममा  बाटो कहिले पुग्छ ?

मतदाता शिक्षाको अभाव : सुर्खेतमा नमूना मतदान

Leave a comment

Your email address will not be published. Required fields are marked *