मागल गीत सिक्दै नयाँ पुस्ता

हुम्ला, २१ कात्तिक ।

विवाह र व्रतबन्धका बेला गाइने मागल गीत हुम्लाका पुराना र वृद्ध महिलाबाट नयाँ पुस्ताले सिक्न थालेका छन्। शुभ कार्यमा यो गीत अनिवार्य भएकाले नयाँ पुस्ताका महिलाले यसलाई सिक्न थालेका हुन ।

सिमकोट गाउँपालिका–५ की बाँचु रावतले विवाह र व्रतबन्धमा महिलाले अनिवार्य रूपमा गाइने मागल सिपालु पुराना महिलाबाट सिक्न थालिएको बताए । हुम्लामा विवाह, व्रतबन्ध र अन्य शुभ कार्यमा यो गीत अनिवार्य रूपमा गाउनुपर्छ। उनले शुभ कार्यका लागि गाउनैपर्ने यस्ता गीत सिपालु महिलाबाट नसिक्ने हो भने हराएर जाने चिन्ताले पनि स्वर राम्रो भएका युवा पुस्ताका महिलालाई सिकाउने गरिएको बताए ।

यी कार्यमा मागल गाए राम्रो हुन्छ भन्ने सामाजिक मान्यता छ। चार पाँच किसिमका मागल गीत नयाँ पुस्ताका महिलाले रातिको समयमा सिपालु महिलासँग सिक्दा यसको संरक्षण भई संस्कृतिसमेत जोगिने स्थानीयवासी बताउँछन्।

उक्त वडामा यसरी मागल गीत गाउने महिला पैँसट्टी वर्ष कटेका चार जना रहेका बताउँदै रावतले समाजका यस्ता गहना जोगाउन आवश्यक रहेको बताउनुभयो। अब विवाह, व्रतबन्धको महिना नजिक आएकाले पनि महिलाले यस्ता गीत गाउन सिकिरहेका छन्। त्यसैगरी पूजापाठका बेला पनि रातभर जाग्राम बसेर यो गीत गाइन्छ। मागल गीत सिक्ने महिलामा चाहान सिमकोटका मात्र नभएर क्षेत्री समुदायका पनि छन्।

गोरखापत्र

मागल गीत सिक्दै नयाँ पुस्ता

कर्णालीमा विपद्का कारण ४९ को मृत्यु, २५

मागल गीत सिक्दै नयाँ पुस्ता

नमुना मतदानमा अलमलिए मतदाता

Leave a comment

Your email address will not be published. Required fields are marked *