वित्तीय संस्थाहरुको चर्काे व्याजदरका विरुद्धमा चर्कियो आन्दोलन

दुर्गा विसि
सल्यान,२० मंसिर ।

सल्यान पश्चिम लघुवित्तको चर्को व्याजका विरुद्धमा उत्रिएका छन् महिलाहरु । सोमबार एक कार्यक्रम मार्फत उनिहरुले चर्को विरोध गरे ।चर्को व्याजकै कारण गरिबी विपन्न वर्गको उठिबास वनाएको,यहि कारण घर कलह वढेको र आत्मा हत्याका घटना समेत वढिरहेको छ ।

गरिव माथिको चरम शोषण अन्त नहुदा समेत आन्दोलन जारि रहने जनाएको छ ।व्यवसायीक तालिम नदिएको,विमा नवनाएको जस्ता आरोप लगाएको छ ।व्याज तथा किस्ता तिर्नु पर्ने समयमा अपशब्द समेत खेप्नुपरेको जनाएको छ ।समाजिक शोषणका विरुद्ध आन्दोलन झन चर्को उने जनाएको छ ।

गरिबी झन गरिव हुन शेरधनिहरु झन शेर बन्ने यस्ता लगानी देशका निमुखा नागरिकका लागि घातक भएको जनाएको छ ।संघर्ष समितिको नगर उपाध्यक्ष विमला घर्ती,केन्द्रीय उपाध्यक्ष मनिराम ज्ञवालि,फत्तेवहादुर पुनले आन्दोलनमा सम्वोधन गरेका थिए ।

एउटा्ले लिएको सहुलियतपूर्ण कर्जाले ९ जनासम्मलाई सताएको सिस्टम कहाँबाट आयो भनेर उल्टै प्रष्न गरेका थिए ।आन्दोलनकर्मिका कुरा सुन्न सल्लिवजार स्थित वित्तीय लघु वित्तका कर्मचारीहरु समेत त्यहाँ उपस्थिति भएको थिए ।१० महिना देखि जारि आन्दोलनले अब भने मुर्तरुप लिने जनाएको छ ।

नेपालमा ५८ लाख नागरिकहरु लघु वित्तबाट उठिवास भएको जनाएको छ ।चर्को व्याजदरले घरवारविहीन भएको समेत वताए ।गरिवि निमुखालाई आय आर्जन तथा आर्थिक उपार्जनका उदेश्यले पाउने सहुलियतपूर्ण ऋृण नभए गरिबी उठिबास लगाउने लगानि भएको उनिहरुको आरोप छ ।

वित्तीय संस्थाहरुको चर्काे व्याजदरका विरुद्धमा चर्कियो आन्दोलन

नगर प्रहरी भर्ती गर्दै रास्कोट नगर

वित्तीय संस्थाहरुको चर्काे व्याजदरका विरुद्धमा चर्कियो आन्दोलन

५ प्रतिशतले घट्यो सेयर कर्जा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!