अझै एकदुई दिन मौसममा सुधार आउँदैन

सुर्खेत,२० असोज ।

अझै केहिदिनसम्म मुलुकका विभिन्न भागमा वर्षा भइरहने सम्भावना रहेको छ । हाल नेपालमा दक्षिण– पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण देशभरि सामान्यदेखि पूर्ण बदली भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केहिदिनसम्म मौसममा सुधार नहुने बताएको छ ।

एक साता अघिदेखि नै यसपालि दशैंमा मनसुनी वर्षा हुनसक्छ भनेर सचेत गराएको विभागले झरी पार्ने प्रणाली अझै एकदुई दिन कायम रहने बताएको छ । मुलुकका विभिन्न भागमा महानवमीदेखि नै वर्षा भइरहेको छ । विभागका अनुसार, पूर्व र मध्य नेपालमा खासै ठूलो पानी नपरेपनि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना छ ।

बरिष्ठ मौसमविद् शान्ति कँडेलले केहीबेर घाम लागे पनि अझै एक दुई दिन मौसममा सुधार नहुने बताइन् । उनका अनुसार अहिले दशैंमा आफन्तकोमा गएर टिका लगाउने समय पनि भएकाले हिंडडुल गर्दा सावधानी अपनाउन आवश्यक रहेको जानकारि बताएकि छन् ।

अझै एकदुई दिन मौसममा सुधार आउँदैन

पहिरोले राप्ती राजमार्गलगायत दर्जन सडक अवरुद्ध

अझै एकदुई दिन मौसममा सुधार आउँदैन

भेरी नदीमा जलस्तर खतराको तह पार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!