भीरबाट लडेर युवकको मृत्यु

हुुम्ला, २० असोज  ।

भीरबाट लडेर २३ वर्षीय युवाको मृत्यु भएको छ । दशैंको टीका लगाएर अर्को गाउँ जाने क्रममा बाटोमा पर्ने भीरबाट लडेर उनको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

सिमकोट गाउँपालिका –७ को ओख्रेन गाउँका स्थानीय मन्दिर सिंहका अनुुसार बुुधबार बेलुुका दशैंको टीका लगाएर अर्को गाउँका आफन्तको घरमा टीका लाउन जाने क्रममा स्थानीय बलराम बिकको भीरबाट लडेर मृत्यु भएको छ । टीका लगाएपछि मृतक बिकले थोरै मदिरा पनि सेवन गरेका थिए । टीका लगाउन जाने क्रममा बाटोमा पर्ने भीरबाट लडेर युवकको मृत्युु भएको सिंहले बताए ।

परिवारका सदस्यले रातिसम्म टीका लगाएर घर फिर्ता आउने आशामा रहेको भए पनि युवक घर नआएपछि खोजी गरिएको थियो । मृतक बिकको बिहीबार बिहान भीरबाट लडेको अवस्थामा लाश भेटिएको थियो । एक वर्ष अगाडि विवाह गरेका बिककी श्रीमती गर्भवती अवस्थामा रहेको परिवारका सदस्यले बताएका छन् ।

गोरखापत्र

भीरबाट लडेर युवकको मृत्यु

मृतकको सङ्ख्या १५ पुग्यो

भीरबाट लडेर युवकको मृत्यु

पहिरोले राप्ती राजमार्गलगायत दर्जन सडक अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!