वित्तीय साक्षरता तालिम सम्पन्न

जेष्ठ २३, सुर्खेत ।

वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि., वीरेन्द्रनगर ८, सुर्खेतको आयोजनामा संस्थाको यरिचोक सेवाकेन्द्र अन्तर्गत लघुवित्त कार्यक्रममा आवद्ध केन्द्र प्रमुखहरुको सहभागितामा वित्तीय साक्षरता तालिम कार्यक्रम सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

तीन दिनसम्म संचालन भएको कार्यक्रममा संस्थाको यरिचोक सेवाकेन्द्र अन्तर्गत रहेका विभिन्न केन्द्रबाट करिब ९० जना सदस्यहरुको सहभागिता रहेको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिनुभयो ।

 

सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले वातावरणले लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न वर्गका महिलाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारि िदनुभयाे ।

आगामी दिनमा उनीहरुलाई उद्यमी बनाएर परम्परागत निर्वाहमुखी व्यवसायबाट व्यवसायीमुखी क्रियाकलापमा संलग्न हुन प्रोत्साहन गर्ने उद्देश्यका साथ वित्तीय साक्षरता सम्बन्धी तालिमहरुको आवश्यकता महशुस गरी सोही अनुसार कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।

संस्था अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देवेन्द्र सेजुवालले सहजीकरण गर्नुभएको थियो । साथै सोही अवसरमा स्थानीय निर्वाचन २०७९ मा जनप्रतिनिधिको रुपमा निर्वाचित भएका संस्थाका विभिन्न सदस्यहरुलाई सम्मान गर्नुको साथै संस्थाको यरिचोक सेवाकेन्द्रमा आवद्ध उत्कृष्ट ५ वटा केन्द्रलाई उत्कृष्ट केन्द्र पुरस्कारबाट पुरस्कृत समेत गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

वित्तीय साक्षरता तालिम सम्पन्न

छ महिनामा १७ वटा मानवअधिकार उल्ंघनका घटना

वित्तीय साक्षरता तालिम सम्पन्न

वातावरमा असरबारे विज्ञहरुको सुझाव

Leave a comment

Your email address will not be published. Required fields are marked *