छ महिनामा १७ वटा मानवअधिकार उल्ंघनका घटना

मोहन सिंह

जाजरकोट, २३ जेठ ।

जाजरकोटमा छ महिनाको अवधिमा १७ वटा मानव अधिकार उल्ंघनका घटनाहरु भएका छन् । अनौपचारिक सेवा केन्द्र इन्सेकले २०२२ जनवरीदेखि हाल जुन सम्म जाजरकोटमा भएका घटनाहरुको विवरण बारे जानकारी गराएको छ ।

छ महिनाको अवधिमा अन्य पक्ष बाट हत्या एक, बालअधिकार सम्बन्धी यौन दुव्र्यवहार एक, बलात्कार यौन दुव्र्यवहार सम्बन्धी तीन, महिला हिंसा सम्बन्धी ७ वटा, अभद्र व्यवहार तीन, कुटपिट तथा जातीय विभेद सम्बन्धी एक,कुटपिट अन्य पक्ष बाट एक गरी जम्मा १७ वटा मानव अधिकार उल्लंघनका घटनाहरु घटेको इन्सेक जिल्ला प्रतिनिधी दिनेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमका सहभागीहरुले संकलित तथा अभिलेखिकरण भएका घटनाको पुर्नपुष्टि सहित थप जानकारी लिएर राख्न सुझाव दिएका छन् ।

छ महिनामा १७ वटा मानवअधिकार उल्ंघनका घटना

कपडाभित्र पेस्ट बनाएर सुन तस्करी, चिनियाँ र

छ महिनामा १७ वटा मानवअधिकार उल्ंघनका घटना

वित्तीय साक्षरता तालिम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *