राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी फेरी पनि डाँडा स्कुललाई

सुर्खेत, २३ चैत्र ।
सुर्खेत सुर्खेतमा सम्पन्न जिल्लास्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी फेरी पनि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कुलले जितेको छ । १२ औं रनिङ्ग शिल्ड जितेको डाँडा स्कुलले यस पटकको उपाधी पनि १४ स्वर्ण पदक सहित हात पारेको हो ।

जिवन ज्योती माध्यमिक विद्यालय बड्डीचौर र बराह गाउँपालिकाको सह–आयोजनाम गत चैत १७ देखि शुरु भएको खेलमा सुर्खेतका ५० विद्यालयका ७ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सम्पन्न विभिन्न ६ विधाका फाइनल खेलमा माध्यमिक विद्यालय पलैंटे ६ स्वर्णका साथ दोस्रो, एस.ओ.एस. हर्मन माइनर विद्यालय ५ स्वर्णका साथ तेस्रो, विद्याज्योति माध्यमिक विद्यालय वावियाचौर ३ स्वर्ण र ४ रजतका साथ चौथो हुन सफल भएको छ ।

प्रतियोगितामा जन ज्योति माध्यमिक विद्यालय बड्डीचौर ३ स्वर्ण २ रजत र २ काँस्यका साथ पाँचौं स्थानमा रहेको छ । एथ्लेटिक्स तर्पmको प्रतिस्पर्धामा सुर्यप्रकाश मा.वि. पलैंटे प्रथम, विद्याज्योति मा.वि. वावियाचौर दोश्रो र जन नमूना माध्यमिक विद्यालय तेस्रो भएका छन् ।

त्यस्तै छात्रातर्पm जननमूना माध्यमिक विद्यालयले प्रथम स्थान हात पारेको छ । भलिवलको छात्रतर्पm मालिका माध्यमिक विद्यालय मटेला प्रथम, खाँडदेवी मावि चौरासे दोस्रो र शिव माध्यमिक विद्यालय लाटीकोइलीले तेस्रो स्थान हात पारेका छन् ।

त्यस्तै छात्रातर्पm अमर ज्योति मावि नेवारे प्रथम, श्रीकृष्ण साँस्कृत तथा साधारण मावि इत्राम दोश्रो र आनन्द मावि गुमी तेश्रो भएका छन् । भलिवलमा मालिका मावि मटेलाका छात्र नविन परियार र छात्रा तर्पm अमर ज्योति मावि नेवारेकी छात्रा हिरा जैसी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

त्यस्तै, कबड्डी तर्पmको प्रतिस्पर्धामा छात्रतर्पm नेरामावी कोप्ची प्रथम, जन नमूना मावि सुर्खेत दोश्रो र नेरामावि डाँडा स्कुल तेश्रो भएका छन् । छात्रातर्पm भने विद्या ज्योती मावि वावियाचौर प्रथम, जननमूना माध्यमिक विद्यालय दोश्रो र जनता मावि रानीवास तेश्रो भएका छन् ।

प्रतिस्प्रर्धामा छात्र तर्पm नेरामावि कोप्चीका करन पुन र छात्रातर्पm विद्याज्योती मावि वावियाचौरकी सुनिता सलामी उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै एथ्लेटिक्स तर्पmको प्रतिस्प्रर्धामा छात्रतर्पm सूर्यप्रकाश मावि पलैटे प्रथम, विद्याज्योति मावि वावियाचौर दोश्रो र जिवनज्योति मावि बड्डीचौर तेश्रो भएका छन् ।

छात्रातर्पm भने जन नमूना मावि प्रथम, सुर्यप्रकाश मावि पलैंटे दोश्रो र एस.ओ.एस. हर्मन माइनर विद्यालय तेश्रो भएका छन् । प्रतिस्पर्धामा जन नमूना माविकी कविता विसी उत्कृष्ट छात्रा खेलाडी घोषित भएको नेपाल लोकतान्त्रिक खेलकुद संघ सुर्खेतका अध्यक्ष चन्द्रप्रकाश शाहीले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतिस्प्रधामा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, बराहताल गाँउपालिका अध्यक्ष तेजबहादुर बस्नेत, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, जिल्ला खेलकुदका अध्यक्ष चन्द्रकुमार गिरी, जनज्योति मावि बड्डीचौरका प्राचार्य नारायणप्रसाद सिग्देल, जिल्ला खेलकुदका कार्यालय प्रमुख राम ओली लगायतले पुरस्कार वितरण गरेको बताइएको छ ।

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी फेरी पनि डाँडा स्कुललाई

नलगाड नगरपालिकाको पाँच बर्षे उपलब्धी सार्वजनिक

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी फेरी पनि डाँडा स्कुललाई

सामाजिक सुरक्षा पाउने नागरिकलाई सम्मानित

Leave a comment

Your email address will not be published. Required fields are marked *