भेरी नदीको टापुमा महिलाको शव

मोहन सिंह
जाजरकोट, २३ चैत्र ।
भेरी नगरपालिका– १२ बिस्नाचौरस्थित भेरी नदीको बीच टापुमा एक महिलाको शव फेला परेको छ । औंशा किरा परेको, कपाल फुलेको, शरीरको माथिल्लो भागमा मखमलको निलो चोली लगाएको, पेटको बीच भागमा सेतो कपडाले बाँधिएको तथा शरीरको तल्लो भागमा कुनै कपडा नरहेको महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

बायाँ हातमा पहेलो रातो रंगको प्लास्टिको ३ वटा चुरा (कडा) लगाएको अन्दाजी ५५/६० वर्षकी महिलाको शव मंगलबार दिउँसो करिब ३ बजेको समयमा फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवको अहिलेसम्म सनाखत नभएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । हालै कोही महिला हराएको÷वेपत्ता भएको भए जानकारी गराउन र शवको पहिचानमा सहयोग गरिदिन जाजरकोट प्रहरीले अनुरोध गरेको छ ।

भेरी नदीको टापुमा महिलाको शव

कर्मचारी संगठन कर्णाली अध्यक्षमा लामिछाने र महासचिवमा

भेरी नदीको टापुमा महिलाको शव

नलगाड नगरपालिकाको पाँच बर्षे उपलब्धी सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *