हमाल मृत्यु प्रकरण : सबै बन्द गर्न माईकिङ्ग

सुर्खेत, २२ फागुन ।
कालिकोटको तिलागुफा नगरपालिकाका कृष्ण हमाल ‘मिनी’ मृत्यु प्रकरणका कारण आइतबार सुर्खेतमा पसल, बजार र यातायात बन्द गर्न माइकिङ्ग गरिएको छ ।

आइतबार विहानै अटो रिक्साबाट एक घण्टाभित्र बजार तथा यातायात बन्द गर्न माइकिङ्ग गरिएको हो । पिडित परिवारको तर्फबाट विविध माग राख्दै आन्दोलनका नाममा बजार–पसल–यातायात बन्दको आव्हान गरिएको छ ।

शनिबार साँझ भएको प्रदर्शनपछि त्रसित बनेका यातायात व्यवसायीले आइतबार विहान कुनै सवारी साधन चलाएनन । बसापर्कबाट नियमित छुट्टै छोटो तथा लामो दुरीको कुनै पनि सवारी साधन नछुटेपछि सार्वजनिक यातायात ठप्प छन् । सुब्बाकुना प्रहरीले हमाललाई प्रहरीको कुटाईबाट मृत्यु भएको पिडितका आफ्न्तको आरोप रहेको छ ।

पिडित परिवारले विरोध प्रदर्शन गर्ने डरले अन्यौलमा सार्वजनिक यातायात ठप्प भएका छन् । सुर्खेतबाट लामो तथा छोटो दूरीका कुनैपनि सवारी साधन अहिले सञ्चालनमा आएका छैनन् । बसपार्कको दुवैतिर प्रहरी तैनाथ गरिएको छ भने चोक/चोकमा प्रहरी खटाइएको छ ।

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका हमालको शनिबार बिहान मृत्यु भएको हो । तर आफन्तहरुले सुब्बाकुनामा प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको आरोप लगाएर शनिबार साँझ वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए ।

सुर्खेत–कालिकोट सम्पर्क मञ्चका अध्यक्ष सत्य शाहीले न्यायको माग गर्दै प्रदर्शन गर्ने तयारीमा रहेको जानकारी दिए । प्रदेश राजधानी वीरेन्द्रनगर छिर्ने मुख्य नाका सुब्बाकुनामा प्रहरीले गलत गरेको भन्दै ‘पहुँचवालाले जे पनि गर्न हुने, पहुँचविहीनलाई दबाएर घटना अतिरञ्जित गर्न खोज्नु मुर्खता हो । न्याय नपाएसम्म प्रदर्शन गर्छौ ।’

हमाल मृत्यु प्रकरण : सबै बन्द गर्न माईकिङ्ग

बालिका बलात्कार आरोपमा शाही पक्राउ

हमाल मृत्यु प्रकरण : सबै बन्द गर्न माईकिङ्ग

चालक एशोसिएसन कर्णालीको अध्यक्षमा देवकोटा

Leave a comment

Your email address will not be published. Required fields are marked *