चालक एशोसिएसन कर्णालीको अध्यक्षमा देवकोटा

सुर्खेत, २२ फागुन ।
सरकारी तथा संस्थान सवारी चालक एशोसिएसन कर्णाली प्रदेश समितिको तेस्रो साधारणसभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख देव कुमार सुवेदीको प्रमुख आतिथ्यता तथा उपप्रमुख मोहन माया ढकालको विशेष आतिथ्यतामा साधारणसभा सम्पन्न भएको छ ।

सभामा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक उपेन्द्र प्रसाद आचार्य, नेपाल निजामति कर्मचारी संगठन सुर्खेतका अध्यक्ष हेमन्त चुनारा, एशोसिएसनका कानूनि सल्लाहकार रामबाबु विसी, संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष डिल्ली बहादुर नेपाली, करार ज्यालादारी श्रेणी विहिन कर्मचारी परिवार वीरेन्द्रनगर कार्यालयका अध्यक्ष भुवन सिंह हमाल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

साधारणसभाले श्याम प्रसाद देवकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मान बहादुर रावत, सचिवमा गोविन्द प्रसाद सापकोटा, सहसचिवमा राम बहादुर रावत, कोषाध्यक्षमा लल्लीराम थारु चयन हुनुभएको छ ।

सदस्यहरुमा सन्तोष भण्डारी, हरिराम खरेल, मणीराम कँडेल, जयविरे कामी, कमलेश रिमाल, संगम राना, भिम गौतम र धन बहादुर महर चयन हुनुभएको छ ।

चालक एशोसिएसन कर्णालीको अध्यक्षमा देवकोटा

हमाल मृत्यु प्रकरण : सबै बन्द गर्न

चालक एशोसिएसन कर्णालीको अध्यक्षमा देवकोटा

वाइसीएल कालिमाटीको अध्यक्षमा खत्री

Leave a comment

Your email address will not be published. Required fields are marked *