वाइसीएल कालिमाटीको अध्यक्षमा खत्री

दिलिप ढकाल
गुर्भाकोट, २२ फागुन ।
योङ्ग कम्यूनिष्ट लिग (वाइसीएल) कालिमाटी गाउँपालिका कमिटीको अध्यक्षमा टेक बहादुर खत्री चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट मानिने योङ्ग कम्युनिष्ट लिग नेपाल कालिमाटीको शनिबार सम्पन्न भएको भेलाले नयाँ नेतृत्व चयन गरेको हो ।
जिल्ला समन्वय समिति सदस्य डम्वर परियारको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य बिर बहादुर बिसी रचितको प्रमुख आतिथ्यता तथा माओबादी केन्द्र कालिमाटी गाउँपालिका इन्चार्ज पुरुषोतम भट्टाराईको बिषेश उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
त्यस्तै माओबादी कालिमाटी गाउँ समिति अध्यक्ष रुद्र बहादुर घर्ती, उपाध्यक्ष भोला प्रसाद खत्री, पार्टी सचिव शालिक राम भट्टराई, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला सदस्य शिव लाल भट्टराई, हुकुम राज पुन, गाउँपालिका समिति अध्यक्ष बम बहादुर वली, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका अध्यक्ष देवीलाल वली, अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी जिल्ला सहसचिव कमल सापकोटा खत्री, प्रेस सेन्टर जिल्ला सदस्य लोकराज बिक साँस्कृति महासंघ गाउँपालिका समिति संयोजक कुवेर वली, वडा सदस्य भुपेन्द्र बहादुर खत्रीको उपस्थिती रहेको थियो ।
त्यस्तै खत्रीको अध्यक्षतामा ५५ सदस्यिय योङ्ग कम्युनिष्ट लिग नेपाल कालिमाटी गाउँपालिका समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा स्माइल पुन, महेन्द्र वली, सचिव धन बहादुर बि.क, सहसचिवहरु खिम बहादुर पुन, दिल बहादुर बि.क., जित बहादुर बि.क., महेश परियार, हुमलाल पुलामी, तुल्सी प्रसाद डाङ्गी र कोषाध्यक्ष देबिसरा सुनार निर्विरोध निर्वाचित भएका छन् ।






