पञ्चपुरीका शहिद परिवारलाई सम्मान

प्रेम सुनार/पञ्चपुरी (सुर्खेत), २२ फागुन ।
२७ औं बलिदान तथा सहित सप्ताह विविध कार्यक्रमसहित पञ्चपुरीमा मनाइएको छ । नेकपा माओवादी केन्द्र पञ्चपुरी नगर कमिटीको आयोजनामा विविध कार्यक्रमसहित सप्ताह मनाइएको हो ।

शहिद तथा बेपत्ता योद्धा २० जनाको परिवारलाई घरघरमै पुगी सम्मान गरिएको छ । नगर कमिटीको पूर्ण दोस्रो बैठकले गरेको निर्णय अनुसार पञ्चपुरी नगरपालिका ११ वटै वडामा जनयुद्धका शहिदहरुलाई सम्झदै परिवारलाई सम्मान गरिएको जनाइएको छ ।

जनयुद्धका महान सहिद कमरेडहरु, परिवारलाई महान सहिदहरुका अधुरा सपनाहरु पूरा गर्ने दृढ संकल्प सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको (माओवादी केन्द्र) नगर कमिटी अध्यक्ष केशब शाही जानकारी दिनुभयो ।

अब सबै खालका कामको मुल्याङ्कन,पार्दशिता, जवाफदेहिता, सुशासनमा ध्यान दिँदै अबका दिन नगरलाई समृद्धद बनाउने आफ्नो मेरो ब्यक्तिगत र पार्टीको तर्फबाट लागि पर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

पञ्चपुरीका शहिद परिवारलाई सम्मान

वाइसीएल कालिमाटीको अध्यक्षमा खत्री

पञ्चपुरीका शहिद परिवारलाई सम्मान

युवाहरुबाट मन्त्री राेकायलाइ सम्मान

Leave a comment

Your email address will not be published. Required fields are marked *