देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं,१९ कात्तिक ।
शनिबार दिउँसो देशका विभिन्न प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका बाँकी पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातको समयमा पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
अन्नपुर्ण






