सर्पले टोकेर एक जनाको मृत्यु

हुम्ला,१९ असोज ।

सर्पले डसेर हुम्लामा एक जनाको मृत्यु भएको छ । पशुुपालन गर्दैआएका खर्कमा सुतेको अवस्था सर्पको टोकाइबाट मृत्यु भएको हो ।

सर्पको टोकाइबाट मृत्यु हुनेमा अदानचुली गाउँपालिका –३ का छप्की पार्कीको मृत्यु भएको छ । खर्कमा राति सुतेको अवस्थामा सर्पले टोकेपछि अचेत बनेका पार्कीलाई मोटरसाइकलमा स्वास्थ्य चौकी लैजाने क्रममा मृत्यु भएको मृतकका बुवा हस्त पार्कीले जानकारी दिए ।

गरिब दलित परिवारका हस्त पार्कीको जेठो छोरा छप्की पार्की गाई गोरु लिएर छहराखेतमा गाईबस्तु पालन गरेर बस्दै आएका थिए । हिजो साँझ पार्की खाना खाएर सुतेको अवस्थामा सर्पले टोकेपछि बिहान बेहोस अवस्थामा परिवारका सदस्यले उनलाई फेला पारेका थिए । थाहा पाए लगत्तै उपचारका लागि अस्पताल ल्याए लगत्तै उनँको मृत्यु भएको थियो ।

दुई वर्ष अगाडि पनि सो गाउँमा एक जनाको सर्पले टोकेर मृत्यु भएको थियो । पछिल्लो समय उक्त गाउँमा मात्र सर्पले टोकेर मृत्यु हुनेको सङ्ख्ख्या दुई पुगेको छ ।

सर्पले टोकेर एक जनाको मृत्यु

भेरीगंगामा दशैँ विशेष शुभकामना संगै राहात वितरण

सर्पले टोकेर एक जनाको मृत्यु

राष्ट्रपतिबाट सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!