केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ

सल्यान २० साउन ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो। मृतक केसीका परिवारले दिएको किटानी जाहेरीका आधारमा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बागचौर नगरपालिका–१० मोख्लाको शिवगुफा सामुदायिक वननजिकै बिहीबार बिहान लोकमान मृत भेटिएका थिए। टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

जिल्ला अदालतबाट ५ दिनको म्याद लिई टोपबहादुरविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृत भेटिएका लोकमान नेकपा विशेष कमिटी सदस्य थिए। पोस्टमार्टमपश्चात नेता केसीको शुक्रबार दाहसंस्कार गरिएको छ।

स्राेत ः थाहाखबर

केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *